बास नेपाल लमजुङद्वारा भ्रष्टाचार बिरुद्ध प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत ज्ञापन पत्र

बास नेपाल लमजुङद्वारा भ्रष्टाचार बिरुद्ध प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत ज्ञापन पत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १० गते बुधबार ०१:३३

ज्ञापन पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचार विरुद्धको महासन्धि संयुक्त राष्ट्रसंघको महासभाले २००३ मा पारित गरिसकेको छ । उक्त महासन्धिमा विश्वका १४० भन्दा बढी देशले हस्ताक्षर गरेकाछन् भने उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र भएको स्मरण गराइएको छ ।

बास नेपालको जिल्ला शाखाका अध्यक्ष लक्ष्मी धितालको नेतृत्वमा ज्ञापन पत्र बुझाउन उक्त शाखाका सल्लाहकार नवराज पहाडी, सदस्यहरू रामजी बसौला, प्रमोद अधिकारी, देवी थापा तथा दुर्गा थापा लगायतको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

बेसीशहर– बास नेपाल लमजुङ शाखाले भ्रष्टाचारका विरुद्धमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बास नेपालका जिल्ला अध्यक्ष लक्ष्मी धितालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएको एक टोलीले सो ज्ञापनपत्र जेठ १० गते १० बुँदे ज्ञापन पत्र बुझाएको हो ।
सो ज्ञापन पत्रमा भ्रष्टाचार सामाजिक अपराध हो भनिएको छ । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनी शासनका साथै देशको अर्थतन्त्रलाई कमजोर तुल्याउछ । हाल मुलुक भ्रष्टाचारबाट मुलुक आक्रान्त छ भन्दै भ्रष्टाचारको कुनै राजनीतिक र भौगोलिक सीमा नहुने हुनाले यसको नियन्त्रणका लागि राष्ट्रिय र अन्तराष्ट्रिय साझा प्रयासको महसुस गरी भ्रष्टाचार विरुद्धको महासन्धि संयुक्त राष्ट्रसंघको महासभाले २००३ मा पारित गरिसकेको छ । उक्त महासन्धिमा विश्वका १४० भन्दा बढी देशले हस्ताक्षर गरेकाछन् । उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र भएको स्मरण गराइएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको समेत साझेदार संस्था रहेको बास नेपालले नेपाल बढी भ्रष्टाचार हुने देशको रुपमा विश्व मानचित्रमा बदनाम रहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक बर्ष प्रकाशन गर्ने ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह( द्दण्द्दद्द भ्रष्टाचार अवधारणा सुचाङ्कमा नेपाल १०० मा ३४ अंकप्राप्त गरी ११०औं स्थानमा रहेको छ । यस बाट नैं नेपालमा व्याप्त भ्रष्टाचारको अवस्था उजागर हुन्छ, देशमा भ्रष्टाचार संस्थागत रुपमा विकास भइरहेकोछ, भ्रष्टाचार यत्र, तत्र सर्बत्र छ ज्ञापनपत्रमा भनिएको छ ।
यसैगरी, यहि पृष्ठभूमिमा बिगतमा कैयौं भ्रष्टाचारका काण्डहरू घटे, ती काण्डहरूका दोषीलाई कार्वाही नगरेरै काण्डहरूलाई गुपचुप बनाईयो । अहिले देशको छबिलाईनै धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट विश्वमा बदनाम हुने स्थिति सृजना भएको छ । व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको छ । यस अपराधमा संलग्न कोही, कसैलाई पनि कुनै पनि बाहनामा नछाड्न नागरिक समाजका तर्फबाट खवरदारी गर्दछौं । यस प्रकरणमा बहालवाला गृह सचिव, पूर्ब गृह मन्त्री, पूर्ब उप–प्रधानमन्त्री लगायतका हाई प्रोफाईल व्यक्तिहरूलाई पक्राउ गरी सरकारले भ्रष्टाचारबाट आजित आमनागरिकहरुमा आशाको सञ्चार गराएकोछ । यस कार्यको हामी स्वागतगर्दछौं । तर, बिगतमा ठूला, ठूला भ्रष्टाचारका काण्डहरू छानविननै नभई सेलाएर जाने, अन्ततः राजनीतिक संरक्षणमा उन्मुक्तिदिने गरेका दृष्टान्तहरू जस्तै यो प्रकरण पनि हात्ति आयो हात्ति आयो फुस्सा नहोस् भनिएको छ ।
यस प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । अन्त्यमा भ्रष्टाचार बिरुद्ध तत्काल तपसिल बमोजिमका पहल थाल्न नागरिक समाजका तर्फबाट आग्रह गर्दछौं भनिएको छ ।

ज्ञापनपत्रमा उल्लेख भएका १० बुँदाहरू :
ज्ञापनपत्रमा उल्लेख भएका १० बुँदामा १) भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा जोड दिईयोस् । २) भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरियोस् । ३) राजनीतिक दलहरूलाई पारदर्शि बनाउने व्यवस्था गरियोस् । ४) सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गरियोस् । ५) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरियोस् । ६) भ्रष्टाचार विरुद्धको अभियानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरियोस् । ७) नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरियोस् । ८) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत बिकास गरियोस् । ९) भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस् र १०) राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईयोस् भन्ने उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले राज्य संयन्त्रलाई विश्वास गरेर उहाँहरूले दिनु भएको ज्ञापनपत्रका लागि धन्यवाद छ, यसलाई तत्कालै प्रधानमन्त्रीज्यूकोमा पठाउने काम हुन्छ भन्नुभयो ।

प्रकाशित मिति २०८० जेष्ठ १०, बुधबार १३:३३ गते
हजुरको प्रतिक्रिया