पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेल प्रेस युनियनको जिल्ला अध्यक्ष चयन

पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेल प्रेस युनियनको जिल्ला अध्यक्ष चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १२ गते शुक्रबार ०६:२२

उहाँले एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि ओलीले संविधानका विपरित ऐन ल्याएर प्रेसमा अंकुश लगाउन खोजिएको थियो तर त्यसलाई आफू त्यो बेलामा राष्ट्रिय सभामा विपक्षी दलको नेताका हैसियतले खारेजीको माग गरेको र पत्रकारहरू सडकमा उत्रनु पर्ने स्थिति उत्पन्न भएपछि त्यो विधेयक राखेज भएको समेत स्मरण गर्नु भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अधिवेशनको उदघाटन गर्दै पत्रकारहरूले पेशागत मर्यादा र कर्तव्य भुल्न नहुने बताउनु भयो ।

बेसीशहर– पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेल प्रेस युनियनको जिल्ला अध्यक्ष चयन हुनु भएको छ । नेपाल प्रेस युनियन लमजुङको सातौं जिल्ला अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ समिति जेठ ११ गते चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्ष खुलामा जीवी घिमिरे, समावेशीमा श्याम शित्तल परियार, सचिवमा शिक्षा पन्त, कोषाध्यक्षमा रविना गुरुङ र सहसचिवमा खुसी गुरुङ चयन हुनुभएको बताइएको छ । सदस्यहरूमा खुलातर्फ शिकाल पौडेल, महिलातर्फ शोभा ठकुरी, सरिता सुनार, आदिवासी जनजातितर्फ सञ्जय गुरुङ तथा खुला सदस्य २ जना, आदिवासी जनजाति महिला सदस्य र अल्संख्यक, अपाङ्गता तथा पिछडिएको क्षेत्रबाट १ जना सदस्य पछि थप गरिने भएको छ ।
सो अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गर्नु भएको थियो । उहाँले पत्रकारहरूले पेशागत मर्यादामा रही कर्तव्य भुल्न नहुने बताउनु भएको हो ।
उहाँले पञ्चायतकालीन दिनहरूको स्मरण गर्दै त्यो बलामा तत्कालीन सरकार(व्यवस्था) र विपक्षमा लेख्ने पत्रकारको संख्या न्यून रहेको र सञ्चारमाध्यम पनि न्यून थिए । सरकारको विरोधमा लेख्ने पत्रकारले जेल जानु पर्ने, तारेख धाउनु पर्ने, पत्रिकाको दर्ता खरेज हुने सम्मका पीडा भोग्नु पर्दथ्यो तर त्यो प्रजातन्त्रको पुनःस्थापनासँगै प्रेस स्वतन्त्रताको प्रत्यभूति संविधानमै गरिएको उहाँले स्मरण गर्नु भयो । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले नेपाली काँग्रेस स्वतन्त्रताको पक्षमा लडेको पार्टी भएको हुँदा स्वभावतः पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा छ । नेपाली प्रेसले अझै पनि धेरै बलीदानीबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा योगदान दिन पर्ने जिम्मेवारी र कर्तव्यलाई भुल्नु हुँदैनभन्नुभयो ।
उहाँले एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि ओलीले संविधानका विपरित ऐन ल्याएर प्रेसमा अंकुश लगाउन खोजिएको थियो तर त्यसलाई आफू त्यो बेलामा राष्ट्रिय सभामा विपक्षी दलको नेताका हैसियतले खारेजीको माग गरेको र पत्रकारहरू सडकमा उत्रनु पर्ने स्थिति उत्पन्न भएपछि त्यो विधेयक राखेज भएको समेत स्मरण गर्नु भएको थियो । उहाँले प्रेस स्वतन्त्रताको उपयोग गर्दा कर्तव्य बिर्सन हुँदैन भन्ने दोहोर्याउनु भयो ।
प्रेस युनियनका जिल्ला अध्यक्ष ऋषि अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्याम सित्तल परियारले स्वागत तथा सञ्चालन सचिव निरज अधिकारीबाट भएको थियो ।
अधिवेशनको उदघाटन सत्रमा केन्द्रीय प्रतिनिधि तथा प्रेस युनियनका सचिव नरहरि सापकोटा, गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, प्रदेश महासचिव प्रकाश ढकाल, लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडी, पूर्वअध्यक्ष परमेश्वर अधिकारी, कोषध्यक्ष सन्देश पौडेल, रामजी रानालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति २०८० जेष्ठ १२, शुक्रबार ०६:२२ गते
हजुरको प्रतिक्रिया