रास्वपाका केन्द्रीय सदस्य द्वय प्रसाइँ र तामाङ आज बेसीशहर आउँदै

रास्वपाका केन्द्रीय सदस्य द्वय प्रसाइँ र तामाङ आज बेसीशहर आउँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १३ गते शनिवार ०७:४३

रमेश प्रसाईं सामाजिक अभियन्ता एवम् प्रखरवक्ता हुनुहुन्छ भने बसुमाया तमाङ सडकमा नाङ्लो पसलबाट ब्यवसाय सुरू गरी हाल नेपाली अचार विश्वका ७० भन्दा बढी देशहरूमा निर्यात गरी सयौं दिदी– बहिनीहरूलाई रोजगार दिन सफल व्यक्तित्व हुनुहुन्छ ।

उहाँहरू दिउँसो १२ः१५ बजे बेसीशहर नगरपालिकां– ७ स्थित शान्तिटोल तमु आमा समुह भवन आयोजित भेलामा सहभागी हुनुहुने

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य द्वय रमेश प्रसाइँ र बसुमाया तामाङ आज बेसीशहर आउने हुनुभएको छ । सो दलले संगठन विस्तारको क्रममा आज बेसीशहरको मुटुमा रहेका दुई वडा– ७ र ८ मा संगठन विस्तार गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उहाँहरू जेठ १३ गते यहाँ आउने हुनुभएको हो ।
रमेश प्रसाईं सामाजिक अभियन्ता एवम् प्रखरवक्ता हुनुहुन्छ भने बसुमाया तमाङ सडकमा नाङ्लो पसलबाट ब्यवसाय सुरू गरी हाल नेपाली अचार विश्वका ७० भन्दा बढी देशहरूमा निर्यात गरी सयौं दिदी– बहिनीहरूलाई रोजगार दिन सफल व्यक्तित्व हुनुहुन्छ ।
आज बेसीशहर नगरपालिका– ९ भेलाको समेत वडा समिति गठन हुने छ भने अन्य वडाका लागि आधार तयार हुनेछ । त्यसो त वडानं– ६ मा उदाहरणीय रुपमा भेला सम्पन्न भई वडा समिति गठन भएको छ भने वडानं– २ मा पनि वडासमिति बनिसकेको सो दलका जिल्ला संयोजक धर्म केसीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ १३, शनिबार ०७:४३ गते
हजुरको प्रतिक्रिया