बेसीशहर नगर कमिटिका सभापति कृष्ण राउतको अध्यक्षतामा भएको उक्त भेलाले ७, ८ र ९ वडाको अध्यक्षमा क्रमशः राजकुमार घिमिरे, धुर्वप्रसाद ढकाल र भगवानसिंह अर्याललाई चयन गरेको छ ।
भेलामा सो दलका केन्द्रीय सदस्य, सामाजिक अभियन्ता एवम् प्रखरवक्ता रमेश प्रसाईको प्रमुख आतिथ्यता र सोही दलका अर्का केन्द्रीय सदस्य बसुमाया तामाङ र जिल्ला संयोजक धर्म केसीको विशेष आतिथ्यता
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति लमजुङ संगठन विस्तारमा सक्रियतापूर्वक जुटिरहेको छ । यसै क्रममा बेसीशहर नगरपालिका– ७, ८ र ९ को वडा समिति गठनका लागि वडानं– ७ स्थित शान्तिटोल तमु भवनका आयोजना गरिएको भेला उत्सहजनक रह्यो । सो दलका केन्द्रीय सदस्य, सामाजिक अभियन्ता एवम् प्रखरवक्ता रमेश प्रसाईको प्रमुख आतिथ्यता र सोही दलका अर्का केन्द्रीय सदस्य बसुमाया तामाङ र जिल्ला संयोजक धर्म केसीको विशेष आतिथ्यता रहेको सो भेला जेठ १३ गते यहाँ सम्पन्न भएको हो ।
बेसीशहर नगर कमिटिका सभापति कृष्ण राउतको अध्यक्षतामा भएको उक्त भेलाले ७, ८ र ९ वडाको अध्यक्षमा क्रमशः राजकुमार घिमिरे, धुर्वप्रसाद ढकाल र भगवानसिंह अर्याललाई चयन गरेको छ । प्रस्तुत छ, सो भेलाको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..