खुदी(लमजुङ)– सुकमान गुरूङको २२ औं स्मृति दिवस मनाइएको छ । तत्कालीन खुदी गाविसका अध्यक्ष रहेका गुरुङको स्मृति दिवस प्रमुख अतिथि संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यतामा जेठ १४ गते खुदीबजार मनाइएको हो ।
प्रमुख अतिथि घलेले देशमा व्याप्त भ्रष्टाचार, कुशासन, मुल्यबृद्धिका विरूद्व लड्दा सुकमानको हत्या भएको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भयो । उहाँले हामी सबै उहाँले देखेको सपना पूरा गर्ने बाटोमा हिड्नु पर्नेमा जोड दिदै अहिले आम मानिसमा नयाँ पार्टीले मात्र भ्रष्टाचारको मुद्दा उठाएको जस्तो देखिए पनि एमालेले २३ वर्ष अघि नै यस विषयमा आन्दोलन छेडेको दावी गर्नु भयो । उहाँले कडा शब्दमा भन्नुभयो, ‘‘भ्रष्टाचारमा मुछिने नेता जो कोहिलाई पनि कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ छौं । कुशासन, भ्रष्टाचार, ढिलासुस्ती, कुरूती, सबै प्रकारका विभेदको अन्त्य हुनुपर्छ ।’
विशेष अतिथि प्रतिष्ठानका संरक्षक एवम् गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरूङले भ्रष्टाचार विरूद्वको अभियानमा सुकमानको मृत्यु भएकाले देशमा भ्रष्टाचारको अन्त्य हुँदा मात्र उहाँको सम्मान हुन्छ भन्नुभयो । उहाँले हामी सबैजना सबै प्रकारका भ्रष्टाचार र अनियमितताको विरूद्व एकढिक्का भएर लागौं भन्ने आह्वान गर्नुभयो । उहाँले शहीद तथा वेपत्ताको सम्मानमा प्रतिष्ठान गठन गरिएको जानकारी दिदै सुकमानको सम्मानमा हर्सिङडाडामा पार्क बनाउन सुरू गरिएको बताउनु भयो । त्यस्तै पालिकामा बेरोजारको अन्त्य, आय आर्जनमा बृद्धि गरी आर्थिक सम्मृद्धि गर्ने गरी अगाडि बढ्दैछौं उहाँले भन्नुभयो ।
सो अवसरमा अतिथि एवम् उपसचिव एमाले जीतबहादुर गुरूङ, मर्स्याङ्दी गाउँपालिका– ३ का पूर्व अध्यक्ष प्रेम बस्नेत, नेकपाको सोही वडाका अध्यक्ष पूर्णसिं गुरूङ, अनेरास्ववियु मर्स्याङ्दी गाउँपालिका अध्यक्ष पूर्ण गुरूङले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शहीद तथा बेपत्ता स्मृति प्रतिष्ठान मर्स्याङ्दी गापा– ३ खुदी लमजुङले आयोजना गरेको उक्त कार्यक्रम सोही प्रतिष्ठानका अध्यक्ष दयासागर घिमिरेको अध्यक्षतामा भएको थियो । मर्स्याङ्दी गाउँपालिका– ३ का अध्यक्ष दुधमान तामाङले स्वागत गर्नु भएको थियो ।
मर्स्याङ्दी गाउँपालिक– ७ का वडाध्यक्ष तिलबहादुर गुरूङले सञ्चालन गर्नु भएको कार्यक्रममा सोही गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, वडा नं. २ का अध्यक्ष चेतबहादुर गुरूङ, कार्यपालिका सदस्य पारकाशी गुरूङ, सोमबहादुर विक, शहीद पत्नी सरस्वती गुरूङलगायत वडा सदस्यहरू, बुद्धिजीवी, ढंगै गाउँबासी आदि सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८० जेष्ठ १५, सोमबार १७:१५ गते