९० वर्षीय बोधराज र कृष्णकुमारी ओलिया दम्पत्तीद्वारा रुद्र माविमा एक लाखको अक्षयकोष स्थापना

९० वर्षीय बोधराज र कृष्णकुमारी ओलिया दम्पत्तीद्वारा रुद्र माविमा एक लाखको अक्षयकोष स्थापना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १५ गते सोमबार ०९:०४

राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा बोधराज ओलिया तथा परिवारको सहयोगमा आयोजना भएको अभिभावक शिक्षा तथा सचेतना सम्वन्धि प्रशिक्षण कार्यक्रममा उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नु भएको हो ।

विद्यालयकातर्फबाट दाता ओलिया दम्पत्तीलाई सम्मान

हर्राबोट(लमजुङ)– लमजुङमा ९० वर्षीया एक दम्पत्तीले एक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोट स्थित रुद्र माध्यमिक विद्यालयमा स्थानस्यवासी बोधराज ओलिया र कृष्णकुमारी ओलियाले सो अक्षयकोष जेठ १२ गते स्थापना गर्नुभएको हो ।
राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा बोधराज ओलिया तथा परिवारको सहयोगमा आयोजना भएको अभिभावक शिक्षा तथा सचेतना सम्वन्धि प्रशिक्षण कार्यक्रममा उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नु भएको हो ।
विद्यालयमा आयोजित अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम अवसरमा ओलिया दम्पत्तीले आफ्नो परिवारको समन्वय तथा छोराहरू कृष्ण ओलिया, राजु ओलिया, छोरीहरूका साथै परिवारका सदस्यहरूको उपस्थितिमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । ओलिया दम्पत्तीले अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा मेयर गुरुङले यो अतिनै कदर योथ्य र प्रेरणामूकल कार्य भएको भन्दै ओलिया दम्पत्तीको प्रशंसा गर्नु भएको थियो । उहाँले विद्यालयकोतर्फबाट अक्षयकोष दाता दम्पत्तीलाई सम्मान गर्नु भएको थियो ।
मा ॐकार योग आयुर्वेद गुरुकुल आश्रमका संस्थापक संयोजक आचार्य गोविन्द रेग्मीले अभिभावक शिक्षा सचेतना सम्वन्धि प्रशिक्षण दिनु भएको थियो ।
सो विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले एक लाख दुई सय दुई रुपैयाको ओलिया दम्पत्तिले बोधराज÷कृष्णकुमारी ओलिया अक्षयकोष स्थापना गर्नुभएको हो । सो रकम विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
परिवारको साथ र सहयोगमा नै ९० बर्षको उमेरमा शिक्षा क्षेत्रमा आफूले सानो भएपनि सहयोग गर्न पाउँदा आफूलाई अतिनै खुशी लाग्नुका साथै विद्यालयप्रति सामाजिक दायित्व पुरा गर्न सकेको महशुस भएको बोधराजले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कृष्णबहादुर रानाभाट, विद्यालयका प्रधानाध्यापक शिवशंकर नराल, पूर्वप्रअ बाबुराम धितालका साथै परिवारका तर्फबाट कृष्णराज ओलियाले मन्तब्य राख्नु भएको थियो ।
मन्तव्यका क्रममा कृष्णराज ओलियाले आफू केवल साक्षर मात्रै हुनुभएको आफ्ना पिता तथा निराक्षर माताले आफ्ना सन्तति र समाजका बालबालिकालाई सदैव शिक्षित र ज्ञानी बन्नका लागि उत्प्रेरित गरिरहनु भएको छ । उहाँले आफूले अध्ययन अध्यापन गरेको भाइ बहिनिहरूले, छोराछोरीहरूले अध्ययन गरेको आफ्नो घरको आँगनीसंगै जोडिएको पवित्र विद्या मन्दिर रुद्र माध्यमिक विद्यालयमा पिता माताका (बोधराज÷कृष्णकुमारी ओलिया) तर्फबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि अक्षयकोष स्थापना गर्न पाउँदा गर्वको अनुभव भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘९० बर्षको आफ्नो उमेरमा विद्यालयमा गरिब तथा जेहेन्दार बाल बालिकाको लागि छात्रबृत्ति प्रदान गर्नका लागि स्थायी कोषको रुपमा अक्षयकोष राखिदिने हाम्रो सुझावलाई पिता माताजीले स्विकार गरेर आजको कार्यक्रम समेत सौजन्य गरि यो पवित्र कर्म हाम्रो परिवारका तर्फबाट गर्न पाएकोमा अलिकति भने पनि विद्यालयप्रतिको सामाजिक दायित्व पूरा गर्न सकियो कि ! भन्ने अनुभूति भएको छ । यो अवसरका लागि विद्यालय परिवारप्रति हाम्रो परिवार हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।’

प्रकाशित मिति २०८० जेष्ठ १५, सोमबार २१:०४ गते
हजुरको प्रतिक्रिया