अन्ततः जापानी प्रधानमन्त्रीले बर्खास्त गरे आफ्नै ३२ वर्षीय छोरा

अन्ततः जापानी प्रधानमन्त्रीले बर्खास्त गरे आफ्नै ३२ वर्षीय छोरा

रासस

@antaranganews

२०८० जेठ १७ गते बुधबार ०६:०७


समाचार सार्वजनिक भएपछि छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका सञ्चारमाध्यमहरू जनाएका छन् ।

गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् ।

टोकियो– जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो ३२ वर्षीय छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् । भोलि अर्थात यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी जेठ १६ गते उनले पत्रकारहरूलाई दिएका हुन् ।
प्रधानमन्त्रीका ३२ वर्षीय छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् ।
‘गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ,’ प्रधानमन्त्री किशिदाले पत्रकारमाझ भने ।
समाचार सार्वजनिक भएपछि छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका सञ्चारमाध्यमहरू जनाएका छन् । तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। यसअघि पनि शोतारोले युरोप भ्रमणमा गएका बेला सरकारी सवारी साधन प्रयोग गरेर किनमेल गरेका विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदामाथि विपक्षीले तीक्ष्ण प्रहार गरेका थिए ।

प्रकाशित मिति २०८० जेष्ठ १७, बुधबार ०६:०७ गते
हजुरको प्रतिक्रिया