बेसीशहर– लमजुङ जिल्ला कारागारबाट गए राती दुईजना कैदी बन्दी फरार भएका छन् । राती करिब साँढे दुई बजेको समय (बिहानीपख)मा कारागारको पर्खाल नाघेर कैदीबन्दी जेठ १८ गते फरार भएका हुन् ।
बेसीशहर नगरपालिका– ८ शेरा स्थित कारागारबाट फरार हुनेहरूमा लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले घर भएका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भई पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्ष का चन्द्रबहादुर गुरूङ रहेको कारागार स्रोतले ताएको छ ।
विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमल आफै प्रहरी टोलीका साथ खटिएको बातइन्छ ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा घट्ना हो, हामी त्यही खोजी कार्यमा जुटेका छौं प्रजिअ रामकृष्ण अधिकारीले भन्नुभयो । सर पनि खट्नु भएको छ र ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, म पनि त्यही काममा छु सडकमा हुने प्रहरी भाइ सडकमा हिड्ने सडकमा छन् म त सडकमा हिडेर के चिन्छु र ? भन्नु भयो । हामी आआफ्नो तरिकाले आआफ्नो ठाउँबाट खोजी कार्यलाई तिब्र बनाएका छौं । चारतिर खबर भएको छ, प्रहरी खटिएका छन् प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उनीहरू भागेको समय एकिन भएको छ कि ? भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘दुई अढाई बजे भन्ने छ ।’
रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजी कार्य तिव्र बनाईएको सूचना अधिकारी प्रहरी निरिक्षक जगदीश रेग्मीले बताउनु भएको छ ।
स्मरणीय छ, कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीले लिएको छ । करिब तीन वर्ष अघि पनि कैदी बन्दी फरार भएपछि नेपाली सेनाले कारागारको सुरक्षा जिम्मा लिएको थियो । पछि फेरि नेपाल प्रहरीलाई सुम्पिएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ १८, बिहीबार ०९:२६ गते