केसी आदर्शबाल माविको प्रअ नियुक्त : योग्यताको सम्मान

केसी आदर्शबाल माविको प्रअ नियुक्त : योग्यताको सम्मान

विष्णु्कुमार श्रेष्ठ

@antaranganews

२०८० जेठ १८ गते बिहिबार ०६:०३

नवनियुक्त प्रधानाध्यापक नवराज केसी फायल बढुवाबाट पहिलो श्रेणीमा पुगेको नभई लिखित मै नाम निकालेर पहिलो श्रेणीमा नियुक्त हुनुभएको व्यक्तित्व हो ।

लमजुङ जिल्ला भरमै पहिलो श्रेणीका शिक्षक तीन जनामात्र हुनुहुन्छ भने अब उहाँहरू सबै प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्छ ।

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६ को बरेटार स्थित आदर्शबाल माविले पहिलो पटक पहिलो श्रेणीको प्रधानाध्यापक पाएको छ । सो माविमा पुराना नेपाली शिक्षक नवराज केसी प्रधानाध्यापकमा जेठ १७ गते नियुक्त हुनुभएबाट उहाँको योग्यता र अनुभवको समेत सम्मान भएको हो ।
लमजुङ जिल्ला भरमै पहिलो श्रेणीका शिक्षक तीन जनामात्र हुनुहुन्छ । त्यसमध्ये विष्णुहरि बास्तोला र अमर न्यौपाने झण्डै दशक अघिदेखि प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्छ । त्यसमा पनि नवराज केसी फायल बढुवाबाट पहिलो श्रेणीमा पुगेको नभई लिखित मै नाम निकालेर पहिलो श्रेणीमा नियुक्त हुनुभएको व्यक्तित्व हो ।
मातृभूमि बहुमुखी क्याम्पसमा समेत प्राध्यापन गर्नु हुने उहाँले प्रअको पद बहाली गरेपछि यो पंक्तिकारसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो योग्यता र अनुभवको कदर भएको रुपमा लिएको बताउनु भयो । उहाँका अनुसार सुन्दरबजारलाई अब शैक्षिक हवको रुपमा विकास गर्ने आफ्नो सोच रहेको छ । उहाँले भन्नुभयो, ‘अबको दुई वर्ष भित्र यो विद्यालयलाई लमजुङ जिल्लाकै एक नंबरको विद्यालय बनाउनेमा जुट्ने छु, त्यसका लागि एक हातले ताली बज्दैन, त्यस पुण्य कर्ममा मलाई सम्बद्ध पक्ष तथा यहाँहरू सबैको सहयोगको अपेक्षा गरेको छु ।’
स्मरणीय छ, निजामति सेवातर्फ हुन्थ्यो भने यो पद सहसचिव सरह हुन्थ्यो । तर शिक्षण क्षेत्रमा भएको हुँदा उस्तो मर्यादा हुन सकेको छैन । सायद यस्तै कारणले पनि नेपालका सामुदायिक विद्यालयमा शिक्षण सिकाईको उपलब्धी आशातित रुपमा हुन नसकेको आम बुझाइ छ ।

प्रकाशित मिति २०८० जेष्ठ १८, बिहीबार १८:०३ गते
हजुरको प्रतिक्रिया