सो जुलुसमा भाग लिन लमजुङ क्याम्पस सुन्दरबजार, भोटेओडार लगायतका विभिन्न स्थानबाट पनि युवा संघ र अखिलका कार्यकर्ताहरू आएका थिए । दिउँसो ४ बजे निस्कने भनिएको जुलुस सुरक्षाकर्मीको कडा पहराका कारण झण्डै साढे तीन घण्टा ढिला निस्केको थियो ।
भीमसेनस्थानबाट निस्केको राँके जुलुस सेरा चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो ।
बेसीशहर– लमजुङको सदरमुकाम बेसीशहरमा संघीय संसदमा प्रमुख विपक्षी दल एमालेको भातृ संगठन युवा संघ नेपालले राष्ट्रपतिका पछिल्ला दुई कदमका विरुद्धमा यहाँ विरोध प्रदर्शन(राँके जुलुस) र कोण सभा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कडा पहराबीच पनि युवा संघले राँके जुलुस निकाल्न जेठ १८ गते साँझ सफल भएको हो ।
युवा संघको त्यो कार्यक्रमका लागि झण्डै साँढे तीन घण्टा प्रतिक्षा गर्नु परेको थियो । अपराह्न ४ बजे निकाल्ने भनिएको राँके जुलुस नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कडा पहराका कारणले समय सर्दै सर्दै गएको थियो । मदन आश्रित स्मृति भवन एवम् एमालेको जिल्ला कार्यालयमा तयार गरिएका राँके जुलुस भीमसेनस्थान चोक र सृष्टि कम्प्युटरको कार्यालय भएको चोकबाट निकालिएको थियो ।
त्यसरी शुरु गरिएको राँके जुलुस नारायणस्थान चोक, झिँगेखोला, सेरा उकालो हुँदै सेरा चोकमा आएर कोणसभामा परिणत भएको थियो । युवा संघका कार्यकर्ताहरू प्रहरीको पहरा छल्दै उनीहरूले समाउन खोज्दा पनि फुत्किदै राँको बोकेर गन्तव्यतर्फ लम्किएका थिए । त्यसरी जिल्लिएको प्रहरी जुलुसको पछि पछि कुदेको देखिन्थ्यो ।
सेरा चोकमा जम्मा भएका युवा संघका नेताहरूले गठबन्धन सरकार भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यवादका सामु लम्पसार परेको दावी गरे । उनीहरूले प्रधानमन्त्री प्रचण्ड भारतीय इसारामा रेशम चौधरीलाई आम माफी दिएर एक करोड भारतीयलाई नेपाली नागरिकता दिने गरी अवैध प्रकृयाबाट स्वीकृत गरिएको विधेयकलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चढाउनका लागि भारत भ्रमणमा गएको दावी गरेका थिए । उनीहरूले नेपाली राष्ट्रियताका लागि जस्तो सुकै बलिदान गर्न परे पनि पछि नपर्ने बताए ।
युवा संघका जिल्ला अध्यक्ष योगबहादुर गुरुङ (कालु)को अध्यक्षतामा भएको कोणसभामा संघका निवर्तमान केन्द्रीय सचिव गोविन्द बस्नेतले राष्ट्रियताका पक्षधर हामी, तपाईहरू जस्तै प्रहरी दाजुभाइको हत्या गरी तीनवटै तहको अदालतबाट समेत जन्मकैदको सजाय पाएका हत्यारा रेशम चौधरीलाई छुटाएको विरोधमा आयोजना गरिएको यो कार्यक्रममा हाम्रा विरुद्धमा तपाईलाई प्रयोग गर्न खोजिएको छ, त्यसप्रति सचेत हुनुहोला भन्नुभयो । उहाँले यसअघि ४० लाख भारतीयले नेपाली नागरिकता लिइसकेको र अबका दिनमा एक करोड भारतीयले नागरिकता लिएर नेपाली भूमिलाई भारतमा गाभ्ने प्रपञ्च भएको छ । यही बेलामा लुम्बिनी कपिलवस्तु जस्ता भूभाग भारतले आफ्नो नक्सामा देखार नेपाली राष्ट्रियतामाथि खेलबाड गरिरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड लाचार छाया बनेर त्यो हेरिरहेको अवस्था छ । यस्तो कार्य सैह्य हुुने छैन । यो कार्य सांकेतिक मात्र हो, सरकारले तत्कालै गल्ती सच्याओस् भन्ने चोतावनी दिन्छौं, अन्यथा हाम्रो यो आन्दोलन रोकिने छैन उहाँले भन्नुभयो ।
सो अवसरमा अनेरास्ववियुका निवर्तमान केन्द्रीय सचिव जुन तामाङले राष्ट्रियता माथिको खेलवाड सैह्य नहुने उल्लेख गर्नु भयो । यो आन्दोलन सांकेतिक मात्र हो भोलिका दिनमा थप सशक्त हुनेछ भन्नुभयो ।
यसैगरी, कोणसभाका सभाध्यक्ष कालुले ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको कालापानी लिपुलेक सहितको नक्सा फेरि गायब भएको बताउँदै लुम्बिनी कपिलवस्तु समेत भारतको नक्सामा गाभ्नु र त्यसलाई प्रधानमन्त्री प्रचण्डले टुलुटुलु हेर्नु खेद जनक छ भन्नुभयो । उहाँले छोटो सूचनामा पनि जिल्लाका विभिन्न भागबाट यो कार्यक्रम सफल बनाउन आउने युवा संघ तथा अखिलका पदाधिकारी तथा प्रतिनिधिहरू सबैलाई धन्यवाद दिदै आन्दोलन भोलिका दिनमा पनि जारी रहन्छ र सहयोगका लागि अपिल गर्दछौं भन्नुभयो ।
सो कार्यक्रमको सञ्चालक युवा संघका जिल्ला सचिव प्रदीपजंग गुरुङले गर्नु भएको थियो ।
सो जुलुसमा भाग लिन लमजुङ क्याम्पस सुन्दरबजार, भोटेओडार लगायतका विभिन्न स्थानबाट पनि युवा संघ र अखिलका कार्यकर्ताहरू आएका थिए । दिउँसो ४ बजे निस्कने भनिएको जुलुस सुरक्षाकर्मीको कडा पहराका कारण झण्डै साढे तीन घण्टा ढिला निस्केको थियो । उनीहरूले राष्ट्रियताका पक्षमा र सत्ता गठबन्धनका विरुद्ध नारा लगगाएका थिए ।
राँके जुलुसलाई रोक्नका लागि भारपुर प्रयास गरेको प्रहरी बलले कोणसभामा भने कुनै हस्तक्षेप गरेन ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..