काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँमा उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान जेठ १८ गते सकिएको हो । त्यसको भोलि २१ गतेका दिनदेखि थुनछेक बहस सुरु हुने भएको छ ।
भोलिदेखि सबै अभियुक्तको थुनछेक बहस सुरु हुनेछ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताउनु भयो । उहाँका अनुसार सबै अभियुक्तको बयान जेठ १८ गते सकिएको छ । उहाँले भन्नुभयो, ‘२१ गतेदेखि थुनछेक बहस प्रारम्भ हुनेछ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका १६ जना अझै फरार छन् ।’ उनीहरू प्रहरीको फरार सूचीमा राखिएको प्रहरी भनाइ छ ।
अभियुक्तहरू प्रायःले इन्कारी बयान गरेको बताइएको छ । के उनीहरूले त्यसो गर्दैमा उन्मुक्ति पाउलान् ? सर्वत्र जिज्ञासाको विषय बनेको छ ।
शरणार्थी प्रकरणमा १०६ जनाले पीडितबाट २२ वटा जाहेरी परेको जनाइएको छ । प्रहरीले ३२ जना आरोपीविरुद्ध २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो समेत दावी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रहरीले ३२ जनालाई अभियुक्त बनाएर मुद्धा दायर गरेको छ ।
हालसम्म पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसचिवसहित १६ जना पक्राउ परेका छन् । तर, बाँकी १६ अभियुक्त भने फरार छन् ।
प्रकाशित मिति २०८० जेष्ठ २०, शनिबार ०७:०८ गते