घिमिरे बन्धु प्रतिष्ठानमा युवराज

घिमिरे बन्धु प्रतिष्ठानमा युवराज

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २१ गते आईतबार ०६:३६

पालिकाका संयोजकहरू जिल्ला समितिको पदेन सदस्य हुने प्रावधान रहेको छ ।

नयाँ जिल्ला समन्वय समिति गठन

सुन्दरबजार– घिमिरे बन्धु प्रतिष्ठान जिल्ला समन्वय समिति लमजुङको यहाँ सम्पन्न भेलाले नयाँ समिति गठन गरेको छ । समितिको नयाँ अध्यक्षमा युवराज घिमिरे (मध्यनेपाल) जेठ २० गते चयन हुनु भएको हो ।
घिमिरे बन्धु प्रतिष्ठान जिल्ला समन्वय समितिका जिल्ला अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा सो भेला भएको थियो । सो अवसरमा पालिकाका सयोजकहरूको भेलाले युवराज घिमिरेको अध्यक्षतामा नयाँ समन्वय समिति गठन गरेको छ । समितिका सदस्यहरूमा टिकाराम घिमिरे सुन्दर बजार नगरपालिका, ऋषिकेश घिमिरे राइनास नगरपालिका, श्रीधर घिमिरे बेसीशहर नगरपालिका, गोपाल घिमिरे मर्स्याङदी गाउँपालिका र सहश्रजीवी घिमिरे दोर्दी गाउँपालिका चयन हुनुभएको छ ।
उक्त भेलाले निबर्तमान अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा तीन सदस्ययी सल्लहाकार समिति गठन गरेकोछ । सो समितिको सदस्यहरूमा सूर्यबहादुर के.सी. र विजया ढकाल घिमिरे रहनु भएको छ ।
घिमिरे बन्धु प्रतिष्ठान लमजुङमा २०७१ सालदेखि सञ्चालनमा आएको हो ।

प्रकाशित मिति २०८० जेष्ठ २१, आईतवार ०६:३६ गते
हजुरको प्रतिक्रिया