लमजुङ– विश्व वातावरण दिवसका अवसरमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालद्वारा सचेतना र्यालीको आयोजना गरियो । उक्त चेतनामूलक र्याली जेठ २२ गते विहान बेसीशहरमा निकालिएको हो ।
सो जनचेतनामूलक र्यालीमा बेसीशहर नगरपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, सशस्त्र प्रहरी बलको गुल्म, युनिभर्सल एकेडेमी, न्युइरा आमावि, ल्याण्डस्टार आमावि, विद्याविकाश आमाविका शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता थियो । यसैगरी र्यालीमा सहभागी हुनेहरूमा लमजुङ उद्योग बाणिज्य संघ, साहित्यिक संस्थाहरू, नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङ, नागरिक समाज, प्रकृति नारी समाज, बास नेपाल लमजुङ शाखा लगायतका संघसंस्थाहरूको सहभागिता रहेको बताएको छ ।

Exif_JPEG_420
मनाङ्गे चौताराबाट सुरु भएको र्याली बेसीशहर बजार परिक्रमा गरी सेरा स्थित प्रकृति नारी समाजको भवनमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा वृक्षरोपण कार्यक्रमका परिकल्नाकार बासुदेव सेढाईले वातावरणमा आएको परिवर्तन, दिनहुँ तातिरहेको वातावरणले एक दिन मानिस बस्न नसक्ने हुने स्थिति बन्दै गरेकोले हरियाली बढाउनेतर्फ सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले र्यालीमा सहभागी भएर यसअघि वृक्षरोपण कार्यक्रमको गौरव बढाउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने सबैमा जन्मदिनमा वृक्षरोपण अभियान नेपाल धन्यवाद ज्ञापन गर्दछ भन्दै कोणसभा बिसर्जन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २२, सोमबार १०:२६ गते