गण्डकी प्रदेशका निवर्तमान सांसद धनञ्जय दवाडीद्वारा ‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ विषयक कार्यपत्र प्रस्तुत
प्रस्तुत कार्यपत्रमा विभिन्न कोणबाट सुझाव समेत प्राप्त दस्तावेजीकरण गर्ने आयोजकको दावी
बेसीशहर– लमजुङबाट प्रकाशन हुँदै आएको लमजुङ दर्पण दैनिक १० औं वर्षमा प्रवेशकको अवसरमा एक कार्यशालाका साथ स्थापना दिवसको कार्यक्रम गरिएको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ विषयक छलफल (कार्यशाला) कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान सांसद धनञ्जय दवाडीले ‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो विषयमा विभिन्न कोणबाट सुझाव समेत प्राप्त भए । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..