दैनिकको १० औं स्थापना दिवसमा जिल्लाको समृद्धिको चिन्ता

दैनिकको १० औं स्थापना दिवसमा जिल्लाको समृद्धिको चिन्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २४ गते बुधबार ०६:१०

गाउँहरू र सामुदायिक विद्यालयहरू रित्तिदै छन् । त्यहाँ सडक लग्न आवश्यक छ कि छैन ? र सामुदायिक विद्यालयलाई शिक्षाको आकर्षणको केन्द्र कसरी बनाउने ? गाउँबाट पलायन भएको युवाशक्तिलाई के कसरी पुनःस्थापित गर्ने ? चुनौतीको विषय रहेको औंल्याइएको थियो ।

ढेड दर्जन बढी व्यक्तित्वलाई सम्मान

लमजुङ– लमजुङबाट प्रकाशन हुँदै आएको एकमात्र दैनिक लमजुङ दर्पणको १० औं स्थापना दिवसका अवसरमा जिल्लाको समृद्धीका बारेमा साचो र चिन्ता व्यक्त गरियो । जिल्ला न्यायाधीश शिवप्रसाद खनालको प्रमुख आतिथ्यतामा विससको सभाहलमा आयोजित उक्त कार्यक्रममा ‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ विषयमा छलफल कार्यक्रम जेठ २३ गते गरिएको हो ।
आजभन्दा १० वर्ष अघि वातावरण दिवसका अवसरमा उक्त दैनिकको थानली गरिएको थियो । त्यसैले गमलामा सजाइएको विरुवामा पानी राखेर प्रमुख अतिथि खनालबाट कार्यक्रमको उदघाटन गर्दै कार्यक्रम थालनी गरिएको हो । उहाँले मोफसलमा रहेर दैनिकको प्रकाशनको निरन्तरता, विश्विासनियता, गुणस्तरता कायम गर्न सक्नु चुनौतीपूर्ण कार्य रहेको बताउनुभयो । जिल्ला न्यायाधीश खनालले उक्त पत्रिकाले विश्वसनीयता र सत्य तथ्य सुचना सम्प्रेषण गरेको उल्लेख गर्दै ज्ञान, लेख, रचना प्रकाशन गरी पाठक माझ लोकप्रियता हासिल गरेको बताउनुभयो । जिल्लाको समृद्धि र विकासमा कलम चलाई राष्ट्र विकासमा योगदान समेत गरेको बताउँदै विकास सम्बिन्धि मोडेलको कार्यपत्रले लमजुङको विकास र आर्थिक पक्षका सम्भावनाहरू सम्बन्धित क्षेत्रको पहिचान र समग्रमा विकासको मार्गचित्रण प्रदान गरेको उहाँको धारणा थियोे । लमजुङ जिल्ला सांस्कृतिक, कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा अब्बल रहेको हुँदा यस्को संरक्षण र सम्बद्र्धन गरी दिगो विकासको अवधारणामा रहि प्राकृतिक सम्पदाको उपयोग गर्नु बुद्धिमानी हुने प्रमुख अतिथि खनालको सुझाव थियो ।
सञ्चारमाध्यमले पालिका छ्ट्याएर जिम्मा लिनु पर्छ :
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले जिल्लाको समग्र विकासका बारेमा राजनीतिक दलहरूले चिन्तन गर्नु पर्ने र त्यसका लागि सबै दल एक ठाउँमा आएर कार्यक्रम तय गरी अघि बढ्नु पर्छ अन्य पालिकाहरूलाई बेसीशहर बोलाएर समग्र जिल्लाको चिन्ता र विकासको जिम्मा पालिका दिन र पालिकाहरूले बोक्न सक्दैनन् भन्नुभयो । सञ्चारमाध्यमको विकास, स्थायित्व र सहयोगका लागि अब कस्ले कुन पालिकाको जिम्मा लिने हो ? छुट्याएर व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड थियो ।
क्ब्होलासोथरको समृद्धिको आधार पर्यटन :
क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकालाई समृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विकास गर्नुपर्ने बताउनुभयो । क्ब्होलाासोथरको समृद्धि पर्यटनबाटै सम्भव छ भने हामी अघि बढेका छौं र त्यसै अनुसार अघि बढेका छौं उहाँले भन्नुभयो । उहाँले सडक सञ्जाल नजोडिएको क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर पालिकाले काम गर्दै आएको बताउनुभयो ।
‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ कार्यपत्र प्रस्तुत :
गण्डकी प्रदेशका निवर्तमान सांसद धनञ्जय दवाडीले ‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ विषयमा विषयमा साढे पाँच पेजको कार्यपत्र प्रस्तुत गर्दै केही विषयको उठान गर्नु भएको थियो । उहाँले किवकासका चालकहरू मुल शीर्षकका साथ उपशीर्षकमा यातायात, कृषिको विकास, पर्यटन, शहरीविकास, शिक्षा, वन, जलविद्युत, मानव स्रोत उल्लेख गर्नु भएको छ । यसैगरी, जिल्लाको विकासका दश मेरुदण्डहरू शीर्षकमा जिल्लामा निर्माणाधिन डुम्रे– बेसीशहर– चामे सडक, मध्यपहाडी लोकमार्ग, पाउँदी दूधपोखरी चक्रपथ लगायतका निर्माण थालिएका सडकहरूका बारेमा उल्लेख गर्नु भएको छ ।
उहाँले सञ्चारका साधनहरू सभ्य समाजका लागि अनिवार्य साधन हुन् भन्दै विचार, चेतना र समाजको अग्रगतिका लागि पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, युटुभहरू सहयोगी माध्यम हुन भन्ने कार्यपत्रमा उल्लेख गर्नु भएको छ । उहाँले दु्त गतिमा बदलिएको विश्व नियाल्न र विज्ञ समाजको गतिशील सदस्यका रुपमा हाम्रा गतिविधिलाई समाधान गर्न सक्षम पुस्ता निर्माण गरौं र समयको गतिशीलतामा अभ्यस्त होऔं भन्ने आह्वान कार्यपत्रमार्फत गर्नु भएको छ ।
उक्त कार्यपत्रमा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य किसान संगित नेपालीले टिप्पणी गर्नुभएको थियो ।
खुल्लासत्रमा कार्यपत्रप्रति सुझाव दिने क्रममा हातेमालो साकोसका अध्यक्ष एवम् सामाजिक अभियन्ता महेन्द्रलाल श्रेष्ठले गाउँ रित्तिदै छन् । त्यहाँ सडक लग्न आवश्यक छ कि छैन ? भन्ने प्रश्न गर्दै त्यहाँ पलायन भएको युवाशक्तिलाई के कसरी पुनःस्थापित गर्ने ? चुनौतीको विषय रहेको औंल्याउनु भयो । यसैगरी, अर्का शैक्षिक अभियन्ता राजेन्द बोहराले समाजमा नकारात्मक चिन्तनमात्र रहेको उदाहरण दिदै साकारत्मक सोचतर्फ लाग्नु जोड दिनु भयो । उहाँले सामुदायिक विद्यालयहरू रित्तिदै छन् । यही क्रम रहेमा अबको १० वर्षमा औंलामा गन्न सक्ने बाहेकका विद्यालय रहने छैनन्, सामुदायिक विद्यालयलाई शिक्षाको आकर्षणको केन्द्र कसरी बनाउने ? भन्दै चिन्ता व्यक्त गर्नु भयो । टिप्पणी तथा शुभकामना व्यक्त गर्नु हुनेमा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले राम्रो कामको थालनी भएको छ तर यो कार्यपत्रको स्वामित्व कस्ले लिने हो ? भन्दै प्रश्न उठाउनु भएको थियो ।
सुशासन भए समृद्धि आफै आउछ :
सो क्रममा आफ्नो धारणा राख्दै अन्तरङ्गका सम्पादक नवराज पहाडीले ‘समृद्धि’तर्फ भन्दा सुशासनमा जोड दिनु पर्ने बताउँदै सुशासनलाई घाम र समृद्धिलाई उज्यालोसँग तुलना गर्नु भयो । उहाँले जसरी घाम उदाइसहेके पछि उज्यालोलाई कसैले रोक्न सक्दैन त्यसैगरी, देशमा सुशासन हुने हो भने समृद्धि कसैले ल्याइरहन आवश्यक पर्दैन त्यो आफै आउँछ भन्नुभयो । उहाँले हाम्रो चासो र चिन्ता भौतिक विकास निर्माणमा मात्र हुने गरेको छ तर मानवीय संसाधनलाई परिस्कार गर्ने साहित्यको श्रीबृद्धि, मौलिक लोक कला संस्कृतिको खोज, संरक्षण र विकास गर्र्नु गर्र्दैन ? यसतर्फ नीति निर्माताहरूको ध्यान कहिले जान्छ ? कार्यपत्रमा समेत यी कुरा त बोलिएको छैन, कि यी विषय वस्तु नचाहिने नै हुन् भन्ने टिप्पणी गर्नु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा आफूलाई सोधिने बढी प्रश्नमा ‘तैले केही पत्रकार त जन्माइस् तर लेखक किन जन्माउन सकिनस् ?’ यो कार्य पालिकाहरूको जिम्मेवारीमा पर्छ कि पर्दैन ? उहाँले प्रश्न उठाउनु भयो ।
लमजुङ दर्पण दैनिकका प्रकाशक/सम्पादक कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार एवम् लमजुङ अस्पताल विकास समितिका सदस्य बासुदेव थापा लगायत हुनुहुन्थ्यो ।
डेढ दर्जन बढीलाई सम्मानित :
लमजुङ दपर्ण दैनिकलाई स्थापना कालदेखि हालसम्म सहयोग गर्ने स्थानीय तहका मेयर तथा अध्यक्षहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू सहित पत्रिकाको स्थायित्वमा विशिष्ट योगदान गर्ने व्यक्तिहरू तथा विभिन्न साकोसहरूलाई समेत सम्मान गरिएकोे थियो । त्यस्तै, विगत ८ बर्षदेखि पत्रिकामा कम्प्युटर अपरेटर तथा समाचार प्रमुखमा कार्यरत मिनराज परियार, दैनिककापूर्व कर्मचारी नविन धिताल, ईश्वर पाण्डेलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
मनाङका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूलाई प्रमुख अतिथ जिल्ला न्यायाधिश शिवप्रसाद खनाल र कार्यक्रमका अध्यक्ष कृष्ण केसीले संयु्क्त रुपमा सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष कृष्ण केसीले स्वागत, कार्यक्रमको उद्देश्यमा प्रकाश सहित धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन पत्रकार महासंघका उपाध्यक्ष अनुज अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० जेष्ठ २४, बुधबार ०६:१० गते
हजुरको प्रतिक्रिया