काठमाडौं– झट्ट सुन्दा पत्याउनै कठिन हुने ‘च्याम्पियनसिप’ प्रतियोगिताको तयारी गरिएको छ । भोलि जुन ८ तारिख अर्थात जेठ २५ गतेबाट ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता सुरु हुँदैछ ।
संसारमा असंख्य प्रकारका खेलहरू छन्– जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिने गर्दछन् । त्यस्तो सूचिमा अब अर्को एक नयाँ खेल पनि थपिने भएको छ । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेसँगै त्यस्तो खुलासा भएको हो ।
तर स्वीडेनले नयाँ यस्तो खेल संसार सामु राख्ने घोषणा गर्यो जुनबारे सुनेर जो कोही छक्क परिरहेका छन् । यति मात्र होइन, यौन (सेक्स)लाई खेलको रुपमा मान्यता दिने विश्वकै पहिलो देश स्वीडेन बनेको छ । स्वीडेनले युरोपियन सेक्स च्याम्पियनसीप आयोजना गर्न लागेको हो ।
हामीले सुन्दै जान्दै देख्दै आएका खेलहरूमा क्रिकेट, फुटबल, टेनिस, भलिबल, हक्की, ब्याडमिन्टन र बेसबल जस्ता धेरै खेलहरू छन् । यस्ता खेलामा प्रायः मानिसहरू सहभागी पनि भएका हुन्छन् ।
मानिसको गोप्य शारीरिक सम्बन्धको विषय कसरी खेल बन्न सक्छ ? भन्ने पनि लाग्न सक्छ । तर स्विडेन सरकारले सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ ‘स्विडिस सेक्स खेल महासंघ’ नै गठन भएको छ । यो महासंघले ८ जुनदेखि पहिलोपटक युरोपियन ‘सेक्स च्याम्पियनसीप प्रतियोगिता’को आयोजना गर्दैछ ।
यो ८ जुनबाट युरोपियन सेक्स च्याम्पियनसिप आयोजना हुने बताइएको छ । यसमा सहभागी हुन कुल २० देशका सहभागीले नाम दर्ता गराएका छन् । त्यसैगरी, केही सातासम्म चल्ने यस च्याम्पियनसिपमा सहभागीले हरेक दिन ६ घण्टा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
स्वीडेनले हालै यौनलाई खेलकुदको रुपमा दर्ता गरेको छ ।
जानकारी अनुसार सहभागीहरूले खेलको तयारीका लागि ४५ मिनेट समय पाउनेछन् । यस च्याम्पियनसिपलाई लिएर सहभागीहरुमा निकै उत्साह देखिन्छ । युरोपियन सेक्स च्याम्पियनसिपमा कुल १६ वटा प्रतियोगिता हुनेछन् । समाचार अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरूमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुने आयोजकको भनाइ छ ।
यसमा यौन सन्तुष्टि, ओरल सेक्स, पेनिट्रेशन, मसाज, लुक, सबैभन्दा सक्रिय जोडीजस्ता कुराहरूको आधारमा मुल्याङ्कण गरिनेछ । प्रत्येक खेलको विजेता को हुनेछन् भन्ने निर्णय निर्णायक र दर्शकहरूको भोटले निर्धारण गर्नेछ । यसैबीच, ३० प्रतिशत मत निर्णायकको हुनेछ भने ७० प्रतिशत मत दर्शकको हुनेछ । दुवैको भोटका आधारमा विजेता घोषणा गरिने छ ।
प्रतियोगिताका लागि तीनजना निर्णायक मण्डल तथा दर्शकहरूको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल गरिएको आयोजकले भने ।
सो प्रतियोगिताबारे जानकारी दिँदै यौनलाई खेलकुदका रूपमा मान्यता दिँदा मानिसमा मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन हुने स्वीडिश फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्राटिकले बताए । उनका अनुसार यति मात्र होइन, खेलमार्फत समाजमा वर्जित मानिने सेक्सप्रति मानिसको दृष्टिकोणमा उदारता आउने समेत विश्वास गरिएको छ । यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरूको बारेमा पनि चर्चा गरिएको अध्यक्ष ड्रागनको भनाइ छ । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ ।
आयोजकहरूको दावी छ– ‘खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरूका बीचमा हुनेछ ।’
प्रकाशित मिति २०८० जेष्ठ २४, बुधबार २१:२८ गते