चार दिवसीय राजयोग ध्यान एवम् प्रवचन समारोह सम्पन्न

चार दिवसीय राजयोग ध्यान एवम् प्रवचन समारोह सम्पन्न

वासुदेव सेढाईँ

@antaranganews

२०८० जेठ २५ गते बिहिबार ०९:१८

सो अवसरमा जीवनमा खुसियाली कसरी ल्याउन सकिन्छ ? आत्मा र परमात्माको के हो ? भन्दै त्यसको परिचय, आत्मा र शरीर विचमा फरक, मानिस दुःखी हुनाको कारण आदिका बारेमा प्रशिक्षण दिइएको थियो ।

मानिसहरूलाई सुखको द्वार खोल्न आग्रह

बेसीशहर– २१ गतेबाट लमजुङको सदरमुकाम बसीशहरमा सञ्चालित मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग ध्यान एवम् प्रवचनको चार दिवसीय समारोह समापन भएको छ । बेसीशहर– ७ स्थित शान्तिटोल तमु आमा तथा बाबा समूह भवनमा ४ दिनसम्म चलेर जेठ २४ गते समापन गरिएको हो ।
सो अवसरमा अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घलेद्वारा प्रशिक्षण दिनुभएको थियोे । उहाँले जीवनमा खुसियाली कसरी ल्याउन सकिन्छ, आत्मा र परमात्माको के हो भन्दै त्यसको परिचय, आत्मा र शरीर विचमा फरक, मानिस दुःखी हुनाको कारण आदिका बारेमा प्रशिक्षण भएको थियोे ।
सो कार्यक्रम बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय लमजुङकी प्रमुख बेसीशहर शाखा सञ्चालिका ब्रह्मकुमारी राधा भण्डारीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रम समापन पनि बेसीशहर नगरपालिका मेयर अर्यालले नै गर्नुभएको थियोे । उहाँले समाजमा व्याप्त विकृति विसंगतिको अन्त्यका लागि राजयोगको भुमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयोे ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सबैमा सकारात्मक सोचको विकास गर्न राजयोग ध्यानले विशेष उर्जा प्रदान गर्ने विचार राख्नु भयोे । जिल्ला समन्वय समिति उपप्रमुख बुनाकुमारी रिमालले समाजलाई शान्तिको बाटोमा हिडाउन राजयोग महत्त्वपूर्ण रहेको तर्क गर्नुभयो ।

ब्रह्मकुमारी राधा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका जिल्ला प्रमुख प्रकाश श्रीमल, ससस्त्र प्रहरी प्रमुख मनबहादुर शाही, बेसीशहर नगरपालिका– ८ की वडाध्यक्ष पवित्रा थापा राना, लमजुङ उद्योग बाणिज्य संघका प्रतिनिधिहरू, समाजसेवीहरू, विभिन्न आमा समुहका अध्यक्षहरू लगायत विभिन्न संघ संस्थाहरूका प्रमुख एबं प्रतिनिधिहरूको उपस्थिति भएको कार्यक्रमको सञ्चालन ब्रह्मकुमार रामचन्द्र ढकालले गर्नुभएको थियोे ।

प्रकाशित मिति २०८० जेष्ठ २५, बिहीबार २१:१८ गते
हजुरको प्रतिक्रिया