पहिलो हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइएको थियो । प्रदर्शनीमा पुरस्कृत विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
बेसीशहर नगरपालिकाको शिक्षा शाखाद्वारा पालिकास्तरीय प्रदर्शनको आयोजना
बेसीशहर– बेसीशहर नगरपालिकामा विद्यालयस्तरीय शिक्षक तथा विद्यार्थी निर्मित शैक्षिक सामग्री प्रर्दशनी गरिएको छ । एक दिने सो शैक्षिक सामग्री प्रर्दशनीमा बेसीशहर नगरपालिका– ८ स्थित अर्थ्ली प्याडाइज आमावि पहिलो भएको छ ।
बेसीशहर नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा शैक्षिक गुणस्तर बृद्धि गर्न र शिक्षक विद्यार्थीमा भएको प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यले एक दिने शैक्षिक सामग्री प्रर्दशनी कार्यक्रम विद्याविकास आमाविको हातामा जेठ २६ गते गरिएको हो ।
सो प्रदर्शनीमा जनकल्याण मावि उदीपुर दोस्रो, कार्यक्रम स्थल रहेको विद्या विकास आमावि तेस्रो भएको छ । त्यस्तै, बालकल्याण माविले सान्त्वना स्थान हासिल गरेको आयोजकको भनाइ छ ।
सो प्रदर्शनीको उदघाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले विद्यार्थीलाई परामर्श गरी विद्यार्थीले बर्तमान समयमा प्रविधिको उपयोग गरी विभिन्न ज्ञान हासिल गर्न सक्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि पाठयोजनाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक प्रतीभाको विकास गरी सिकाईमा क्षमतामा बृद्धि गर्न मद्दत गर्ने मेयर अर्यालले बताउनुभयो । विद्यार्थीका शैक्षणिक गुणस्तर बृद्धि गर्नका लागि शैक्षिक सामग्री महत्वपूर्ण हुने मेयर अर्यालले बताउनु भयो । अर्को एक प्रसङ्गमा उहाँले शिक्षा निर्देशनालयले स्थायी दरबन्दी दिने जिम्मा स्थानीय तहलाई दिनुपर्ने माग गर्नुभयो ।
यसैगरी, नगरपालिकाका उपमेयर पद्मा गुरुङले विद्यालयमा भएमा प्रतिभा प्रस्फुटन गर्न अवसर प्रदान गर्नका लागि नगरपालिकाले शैक्षिक सामग्री आयोजना गरेको बताउनुभयो । उहाँले शिक्षण क्रियाकलाप प्रभावकारी बनाउन शैक्षिक सामग्री निर्माण गर्नुपर्ने बताउनुभयो । आफू हिजोका दिनमा शिक्षक भएको स्मरण गर्दै उपमेयर गुरुङले शैक्षिक सामग्री निर्माण गर्दा कम खर्च वा खर्च नलाग्ने शैक्षिक सामग्री निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले शिक्षक र विद्यार्थीले शैक्षिकस्तर बृद्धि गर्नका लागि परीक्षामा एकरुपता हुनुपर्ने उल्लेख गर्नुभयो ।
उक्त प्रदर्शनीमा नगरपालिका भित्र रहेका २२ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूले भाग लिएको आयोजकको भनाइ छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालको अध्यक्षतामा भएकोे सो प्रदर्शनीमा उहाँले कार्यक्रमको उद्धेश्य र मुल्याङ्कनको नियमका बारेमा जानकारी दिनुभएको थियो । उहाँले शैक्षिक गुणस्तर बृद्धि गर्न प्रतिभा प्रस्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
सो अवसरमा पहिलो हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइएको थियो । प्रदर्शनीमा पुरस्कृत विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो । शिक्षा शाखा प्रमुख चिलुवालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा नगरकार्यपालिका सदस्यहरू तथा प्रदर्शनीमा भाग लिने विद्यालयका शिक्षक, विद्यार्थीहरूको व्यापक सहभागिता थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक सिर्जना चिलुवालले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरूले विभिन्न नाचसमेत प्रस्तुत गरेका थिए ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..