भोटेओडार(लमजुङ)– सापकोटा कल्याण केन्द्रको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । यहाँ आयोजना गरिएको दोस्रो अधिवेशन चन्द्रकान्त सापकोटालाई नयाँ अध्यक्ष चयन गर्दै जेठ २७ गते सम्पन्न भएको हो ।
अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिका अधिकांश पदमा महिला चयन हुनुभएको छ । उपाध्यक्षमा गोमा सापकोटा चयन हुनुभएको छ भने सचिवमा निलकमल सापकोटा र कोषाध्यक्षमा शान्ता सापकोटा चयन हुनुभएको छ । यसैगरी, समितिको सदस्यहरूमा नवराज सापकोटा, बालकुमारी सापकोटा, शान्ता सापकोटा, रीता सापकोटा, अमृता सापकोटा, राममाया सापकोटा र जगदिश सापकोटा चयन हुनुभएको छ ।
सो अधिवेशन सापकोटा कल्याण केन्द्रको केन्द्रीय समितिका सदस्य पूर्णकान्त सापकोटाको प्रमुअ आतिथ्यतामा सम्पन्न भएको सो केन्द्रका सदस्य इन्द्रविलास सापकोटाले बताउनु भयो । उहाँका अनुसार विशेष अतिथिमा सापकोटा कल्याण केन्द्रका वागमती प्रदेशका सदस्य हरिश्चन्द्र सापकोटा हुनुहुन्थ्यो । अन्य अतिथिमा कीर्तिनाथ सापकोटा, डोलकुमारी सापकोटा, बद्रीनाथ सापकोटा, शान्ता सापकोटा, इन्द्रविलास सापकोटा, आदि हुनुहुन्थ्यो ।
सापकोटा कल्याण केन्द्रका जिल्ला अध्यक्ष खगराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ता सापकोटाले पेश गर्नु भएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु हुनेहरूमा सापकोटा कल्याण केन्द्रका सल्लाहकारहरू कीर्तिनाथ सापकोटा, हरिश्चन्द्र सापकोटा तथा शान्ता सापकोटा हुनुहुन्थ्यो ।
सो कार्यक्रमको सञ्चालन सापकोटा कल्याण केन्द्रका जिल्ला सचिव निलकमल सापकोटाले गर्नु भएको थियो ।
इन्द्रविलास सापकोटोको सहयोगमा ।
प्रकाशित मिति २०८० जेष्ठ २८, आईतवार १३:२० गते