तीर्थयात्री सवार कार दुर्घट्नामा परेका आठैजनाको निधन : एक जना बालकको पहिचान खुल्न बाँकी

तीर्थयात्री सवार कार दुर्घट्नामा परेका आठैजनाको निधन : एक जना बालकको पहिचान खुल्न बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २९ गते सोमबार ०७:१५

कार प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेको थियो । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका– ४ भिङ्ग्रीकोटमा सडकबाट करिब ४९ मिटर तल खसेर दुर्घटना भएको हो ।

तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका प्रहरीको छ ।

प्युठान– एक कार दुर्घट्नामा आठ जनाको निधन भएको छ । तीमध्ये एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तीर्थयात्री सवार रहेको सो कार प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भेतुकेमा जेठ २९ गते दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा चालकसहित दुई पुरुष, दुई महिला र चार बालक छन् । ती मध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जना बालकको पहिचान खुल्न सकेको छैन ।
कार दुर्घट्नामा परेर मृत्यु हुनेमा कार चालक लमही नगरपालिका– ५ का तारा कुमाल, कारमा सवार लमही– ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनु भयो । उहाँका अनुसार अन्यमा तुलसीपुर उपमहानलपारिका– १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । उहाँले भन्नुभयो, ‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो, त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो ।’
सो कार प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेको थियो । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका– ४ भिङ्ग्रीकोटमा सडकबाट करिब ४९ मिटर तल खसेर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परेर मृत्यु भएका एक जना बालकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयो । उहाँका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको थियो । स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङतर्फ फर्किरहेको थियो । उहाँले भन्नुभयो, ‘मृतक ८ जनाको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ । मृतकका आफन्तहरू आएपछि शव बुझाउने तयारी छ ।’
तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका प्रहरीको छ ।

प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार १९:१५ गते
हजुरको प्रतिक्रिया