अन्तरङ्गका ब्यूरो प्रमुख श्रेष्ठ सुन्दरबजार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा फेरि चयन

अन्तरङ्गका ब्यूरो प्रमुख श्रेष्ठ सुन्दरबजार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा फेरि चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ३० गते मङ्गलबार १०:०९

विभिन्न संघसंस्थाका साथै सोही अस्पतालको समेत पूर्वअध्यक्ष भई अनुभव हासिल गर्नु भएको हुँदा उहाँको त्यो अनुभवले अबको कार्यकालमा अस्पतालले परिणाममुखी खुट्किलाहरू पार गर्ने र विशेष खालका फलदायी काम हुने विश्वास जागृत भएको धारणा स्थानीयबासीहरूले व्यक्त गरेका छन् ।

उहाँले भोलि नै अध्यक्षको पदवहाल गर्नु हुने

सुन्दरबजार(लमजुङ)– सामाजिक व्यक्तित्वका धनी एवम् अन्तरङ्गका ब्यूरो प्रमुख विष्णुकुमार श्रेष्ठ सुन्दरबजार अस्पताल व्यवस्थापन समितिको पुनः अध्यक्ष चयन हुनुभएको छ । सुन्दरबजार नगरालिकाका मेयर कृष्णप्रसाद कोइरालाले जेठ ३० गते उहाँलाई अध्यक्ष पदमा मनोनयन गर्नु भएको हो ।
मेयर कोइरालाले श्रेष्ठलाई आज सो पदमा मनोनयन गर्दै भोलि ३१ गतेदेखि उहाँको पद बहाली हुने गरी उहाँलाई नगरपालिकाबाट पत्र दिइएको हो । मेयर कोइरालाले उहाँलाई बधाईसहित कार्यकालको सफलताको शुभकामना समेत दिनु भएको छ ।
अन्तरङ्गका ब्यूरो प्रमुख रहनु भएका उहाँ लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको संस्थापक अध्यक्ष रही भएका उहाँ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । यतिबेला यो वर्ष रजत उत्सव मनाउँदै गरेको मातृभूमि बहुमुखी क्याम्पस सुन्दरबजारको सञ्चालक समितिको समेत अध्यक्ष रहनु भएका उहाँ सो क्याम्पसको संस्थापक सचिव हुनुहुन्छ । सुन्दरबजार चेम्बर अफ कमर्शको संस्थापक अध्यक्ष हुनुका साथै श्रेष्ठ सो संस्थाका गण्डकी प्रदेश समितिको सचिव समेत हुनुहुन्छ ।
लमजुङ उद्योग वाणिज्य संघको पूर्वउपाध्यक्ष समेत रहनु भएका उहाँ कुराँस संघ लमजुङको संस्थापक अध्यक्ष हुनुका साथै सो संघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । सयपत्री आमाविको व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष रहनु भएका उहाँ २०५६ सालमा स्थापित एभेरेष्ट साकोसको स्थापनाकालदेखि हालसम्म सचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
सिनेमा रोड टोल विकास संस्थाको समेत अध्यक्ष रहनु भएका उहाँ ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आजीवन सदस्य तथा स्वतन्त्र पत्रकार संघको राष्ट्रिय पार्षद हुनुका साथै श्रेष्ठ इन्टरप्राइजेजको प्रोपाइटर पनि हुनुहुन्छ ।
यतिबेला सुन्दरबजार अस्पतालको अवस्था अस्तव्यस्त रहेको बताइन्छ ।
उहाँ सुन्दरबजार अस्पतालको निवर्तमान कालभन्दा अघिल्लो कार्यकालका अध्यक्ष भएर अनुभव हासिल गर्नु भएको व्यक्तित्व हो । उहाँको त्यो अनुभवले अबको कार्यकालमा अस्पतालले परिणाममुखी खुट्किलाहरू पार गर्ने र विशेष खालका फलदायी काम हुने विश्वास जागृत भएको धारणा स्थानीयबासीहरूले व्यक्त गरेका छन् ।
उहाँले भोलि नै पदवहाल गर्ने हुनुभएको जानकारीमा आएको छ । उहाँलाई हाम्रो पनि बधाई र शुभकामना छ ।

प्रकाशित मिति २०८० जेष्ठ ३०, मंगलवार २२:०९ गते
हजुरको प्रतिक्रिया