काठमाडौं– संघीय राजधानीमा आयोजित ११ औं ‘एसईई प्रिन्सेस २०२३’ प्रतियोगितामा थर्ड रनरअप र पपुलर अवार्ड कृतिका श्रेष्ठले जितेकी छन् । सिजन मिडियाले यहाँ आयोजना गरेको ‘नामी कलेज एसईइ प्रिन्ससेस २०२३’ मा लमजुङको बेसीशहर नगरपालिका– ८ स्थित सेरा टोल निवासी कृतिका श्रेष्ठले जेठ २९ गते जितेकी हुन् ।
अआफ्ना १८ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै १५ वर्षीया कृतिकाले थर्ड रनरअपको उपाधि जितेकी हुन् । उनी अर्थली प्याराडाइजबाट एसईई परीक्षा दिएर नतिजाको प्रतिक्षामा रहेकी छन् ।
लमजुङकी कृतिकाले भोटीङ मार्फत पपुलर अवार्ड थर्ड रनरअप जितेकी हुन् ।
उक्त प्रतिस्पर्धामा विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले शीर्ष ताज जितेकी छन् । यसैगरी, विधागत अवार्डतर्फ उनले मष्ट ट्यालेन्टको अवार्ड पनि उनले हात पारेकी छन् ।
अन्य उपाधि जित्नेहरूमा अदिती शर्मा फष्र्ट रनरअप तथा विधागततर्फ पर्सनालिटी अवार्ड जितेकी छन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गर्न सफल भएकी छन् ।
प्रतियोगितामा साउथ वइस्र्टन स्टेट कलेजका इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधान,नेपाल एयर होस्टेज एकेडेमीका मुख्य प्रशिक्षक नितु थापा मिसेस ब्यूटी क्वीन विजेताहरू शान्ति लिम्बु र लसता साक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसीयसनका अध्यक्ष डिगम्बर राजवंशी, फेशन डिजाइनर निशा श्रेष्ठको निर्णायकमा भूमिका थियो ।
फोर्थ रनरअपको ताज प्रतिष्ना कार्कीले जितेकी छन् भने उनले विधागततर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् । त्यसैगरी, अन्य विधागत अवार्ड जित्नेहरूमा ‘सिन्सियर सजना तामाङ, हम्बल प्रसंशा लिम्बु, अनेष्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो छन् । यसैगरी, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कँुवर, फ्रेष्डसिप एन्जल मर्हजन, स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का, कन्फीडेन्ट अश्लेसा सिटौलाले जितेका छन् ।
देशभरबाट सो प्रतियोगिताको अडिसनमा ४० जनाले भाग लिएका थिए । फाइनल चरणमा भने १८ जनाका बीचमा प्रतिस्पर्धा भएको थियो ।
आयोजक सिजन मिडियाले ११ वर्षदेखि आयोजना गर्दै आएको एसईइ प्रिन्सेस अवार्ड प्रतिष्पर्धामा कृतिका श्रेष्ठले लमजुङबाट पहिलो पटक प्रतिनिधित्व गरेर थर्ड रनरअपको उपाधि जित्न सफल भएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८० जेष्ठ ३२, बिहीबार २०:५४ गते