राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो स्थापना दिवसमा दोर्दी– २ को वडा भेलाका साथ समिति गठन फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो स्थापना दिवसमा दोर्दी– २ को वडा भेलाका साथ समिति गठन फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २ गते शनिवार ०५:१४

श्याम अधिकारीकै अध्यक्षता ११ सदस्यीय वडा मितिको चयन गरेको छ ।

जिल्ला संयोजक धर्म केसीद्वारा भेलाको घण्टी बजाएर उदघाटन

अलैंचे(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन घोषित नीति अनुसार दोर्दी गाउँपालिका– २ को अलैंचेफाँटमा वडा भेलाको आयोजनाका साथमा वडा समिति समेत गठन गरिएको छ । सो भेला सोही दलका जिल्ला संयोजक धर्म केसीको सहभागितामा असार २ गते गरिएको हो ।
उक्त भेलाको जिल्ला संयोजक धर्म केसीले घण्टी बजाएर उदघाटन गर्नु भएको भेला श्याम अधिकारीको अध्यक्षतामा भएको थियो । भेलाले श्याम अधिकारीकै अध्यक्षता ११ सदस्यीय वडा मितिको चयन गरेको छ । सोही दलका सुन्दरबजार नगर समितिका अध्यक्ष श्याम केसीले सञ्चालन गर्नु भएको उक्त भेलाको फोटो फिचर :

 

 

प्रकाशित मिति २०८० असार २, शनिबार १७:१४ गते
हजुरको प्रतिक्रिया