पाउँदी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन घोषित नीति अनुसार सुन्दरबजार नगरपालिका– ७ को पाउँदीबजारमा वडा भेलाको आयोजनाका साथमा वडा समिति समेत गठन गरिएको छ । सो...
पाउँदी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन घोषित नीति अनुसार सुन्दरबजार नगरपालिका– ७ को पाउँदीबजारमा वडा भेलाको आयोजनाका साथमा वडा समिति समेत गठन गरिएको छ । सो भेला सोही दलका जिल्ला संयोजक धर्म केसीको सहभागितामा असार २ गते गरिएको हो ।
उक्त भेलाको जिल्ला संयोजक धर्म केसीले घण्टी बजाएर उदघाटन गर्नु भएको भेला सोही वडाका दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो । भेलाबाट दिपेन्द्र अधिकारीकै अध्यक्षता ११ सदस्यीय वडा मितिको चयन गरेको हो । सोही दलका सुन्दरबजार नगर समितिका अध्यक्ष श्याम केसीले सञ्चालन गर्नु भएको उक्त भेलाको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..