रास्वपाको मर्स्याङदी गाउँपालिका– ९ मा पनि वडा समिति गठन

रास्वपाको मर्स्याङदी गाउँपालिका– ९ मा पनि वडा समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ३ गते आईतबार ०९:३१


भेलाको जिल्ला सहसंयोजक अशोक सापकोटाले घण्टी बजाएर उदघाटन गर्दै पार्टीको नीति, सिद्धान्त एवम् वडा समिति गठन विधिका बारेमा जानकारी दिनुभएको थियो ।

सुदिप अधिकारीको नेतृत्वमा वडा समिति गठन

सिम्पानी(लमजुङ)– रास्वपाको मर्स्याङदी गाउँपालिका– ९ मा पनि वडा समिति गठन भएको छ । सो दलको स्थापना दिवसको सन्दर्भमा आयोजित भेलाले सुदिप अधिकारीको नेतृत्वमा वडा समिति असार २ गते गठन गरेको हो ।
भेलाको जिल्ला सहसंयोजक अशोक सापकोटाले घण्टी बजाएर उदघाटन गर्दै पार्टीको नीति, सिद्धान्त एवम् वडा समिति गठन विधिका बारेमा जानकारी दिनुभएको थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी ‘स्थापना दिवसका अवसरमा वडा वडामा रास्वपा’ नाराका साथ अघि बढेको बताउनु भयो ।
सो भेलाले वडा अध्यक्षमा सुदिप अधिकारीलाई चयन गरेको छ । त्यस्तै, समितिको उपाध्यक्ष रितुमाया गुरुङ, सचिव पार्वती थापा चयन हुनुभएको छ । सदस्यहरूमा वासना थापा, नवीन श्रेष्ठ, बेलबहादुर गुरुङ, जिवन थापा, अमृत घिमिरे, जंगबहादुर विक, शरद भण्डारी र गोविन्द थापा चयन हुनुभएको रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० असार ३, आईतवार ०९:३१ गते
हजुरको प्रतिक्रिया