बेसीशहर– निजी विद्यालय अर्गनाइजेशन(प्याब्सन) लमजुङले आफ्ना गणित शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण कार्यशाला गरेको छ । प्याब्सन लमजुङका प्रमुख सल्लाहकार तारा घिमिरेको प्रमुख आतिथ्यतामा यहाँ स्थित हिमालय गेटवे रेष्टुरेण्टमा असार २ गते सो कार्यशाला गरेको हो ।
प्याब्सन लमजुङका अध्यक्ष मेनबहादुर घलेको अध्यक्षतामा भएको सो कार्यशालामा बुद्ध पब्लिकेशनका प्रकाशक नवराज बजगाई तथा बालसाहित्यकार भगवती पौडेल अतिथि हुनुहुन्थ्यो । प्याब्सन लमजुङका उपाध्यक्ष ईश्वर पौडेलले स्वागत गर्नु भएको सो कार्यशालामा गणित विषयका गोल्डमेडलिष्ट हरिनारयण उपाध्याय प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो ।
प्याब्सन लमजुङका सचिव विमल अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यशालामा प्याब्सनमा आवद्ध २० विद्यालयका ४० जना गणित विषयका शिक्षकहरूले भाग लिनु भएको थियो ।
प्रकाशित मिति २०८० असार ३, आईतवार १०:१६ गते