जेष्ठ नागरिक समाज भोटेओडारले थाल्यो रचनात्मक कार्य

जेष्ठ नागरिक समाज भोटेओडारले थाल्यो रचनात्मक कार्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ४ गते सोमबार ०५:४५

ती छात्रबृत्ती पाउनेहरू जिल्ला सदरमुकाम बेसीशहरदेखि लमजुङको कर्णाली मानिने दूधपोखरी गाउँपालिका– १ को कल्लाबारी माध्यमिक विद्यालयसम्मका छन् ।

विभिन्न आठ छात्रालाई छात्रवृत्ती प्रदान गर्ने घोषणा

लमजुङ– निम्न आर्थिक अवस्थाका आठ परिवारका बालबालिकालाई जेष्ठ नागरिक समाज, भोटेओडारले छात्रवृत्ती दिने भएको छ । समाजको बैठकले असार ३ गते सो निर्णय गरेको हो ।
जेष्ठ नागरिक समाजका अध्यक्ष नारायणबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समाजको गत जेठ ३ गते जारी सूचना अनुसार छात्रवृत्ति माग गर्ने छात्राहरूलाई प्रदान गर्ने निर्णय गरिएको समाजका सदस्य एवम् वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले बताउनु भएको छ । उहाँका अनुसार छात्रवृत्तीका लागि छनौट भएका छात्राहरूले वार्षिक रुपमा एक हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म प्रदान गरिने भएको छ ।
ती पुरस्कार र पाउने छात्राहरूमा क्रमशः बलबहादुर कार्की स्मृति शैक्षिक छात्रवृत्ति पुरस्कार भारतीसदन मा वि, सुन्दरबजार नगरपालिका– ८, बलिथुमकी रितु परियार, कक्षा– ६, वार्षिक तीन हजार रुपैयाँ ।

कौशिला देवी लिला स्मृति शैक्षिक छात्रवृत्ति पुरस्कार बेसीशहर नगरपालिका– १, उदिपुर स्थित जनकल्याण मा.वि.की अर्पिता नेपाली, कक्षा– ६, वार्षिक तीन हजार रुपैयाँ । कल्पना कुँवर शैक्षिक छात्रवृत्ति पुरस्कार दोर्दी गाउँपालिका– ७, दारिम्बोटका छात्राहरू अनु तामाङ, कक्षा– ८, २. उजेली विक, कक्षा– ७, वालकल्याण मा विलाई जनही एक हजार पाँच सय रुपैयाँ छन् ।
यसैगरी, कालू कार्की स्मृति शैक्षिक छात्रवृत्ति पुरस्कार– २०८० का लागि छनौट भएका छात्राहरूमा डिलकुमारी गुरुङ् कक्षा– १०, सलिना गुरङ, कक्षा– ९ र विपना गुरुङ, कक्षा– ६ जनही एक हजार रुपैयाँ । त्यस्तै, २०८१ का लागि छनौट भएका सलिना गुरुङ र विपना गुरुङलाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने निर्णय कुँवर बताउनु हुन्छ । उहाँका अनुसार २०८२ देखि विपना गुरुङ र सुस्मिता दवाडी (हाल बाल शिक्षा) लाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने भएको छ । उनीहरू कल्लाबारी माध्यमिक विद्यालय, दूधपोखरी गाउँपालिका– १ का हुन् ।
उहाँले भन्नुभयो, ‘बलबहादुर कार्की स्मृति र कालु कार्की स्मृति शैक्षिक छात्रवृत्ति पुरस्कार सिर्जनात्मक साकोसले उपलव्ध गराएको ५० हजार रुपैयाँ समपुरक रकमबाट स्थापना गरिएको हो ।’
यसैगरी, विद्युतीय करेण्ट लागेर एउटा हात गुमाएका बालमन्दिर, बेसीशहरका कक्षा– ५ का छात्र बुध्दिबहादुर तमाङलाई वार्षिक छ हजार रुपैयाँको राजशान्ति शैक्षिक छात्रवृत्ति पुरस्कार दिने निर्णय गत बैशाख ३ गतेको बैठकबाट गरिसकिएको उहाँको भनाइ छ ।
छात्रवृत्ति पाउने छात्राहरूको तस्वीर–
१, डिलमाया गुरुङ २. बिपना गुरुङ ३. सलिना गुरुङ ४. सुस्मिता दवाडी ५.अर्पिता नेपाली ६. रितु परियार ७. अनु तमाङ र ८. उजेली बिक ।

प्रकाशित मिति २०८० असार ४, सोमबार ०५:४५ गते
हजुरको प्रतिक्रिया