होटलमा बसेर अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित पाँच युवती पक्राउ

होटलमा बसेर अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित पाँच युवती पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ५ गते मङ्गलबार ०५:१९

पक्राउ परेका होटल सञ्चालक र युवतीहरूको जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप लिई अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभएको छ ।

युवतीहरूको साथमा दुई होटलका सञ्चालक समेत पक्राउ

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित विभिन्न होटलमा अनैतिक क्रियाकलाप हुने गरेको फेला परेको छ । प्रहरीले त्यस्ता गतिविधिमा संलग्न होटल सञ्चालकसहित पाँचजनालाई असार ४ गते पक्राउ गरेबाट त्यस्तो पुष्टि भएको हो ।
बेसीशहर नगरपालिका– ८ स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट सञ्चालक सहित युवतीहरू समेत पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । वेसीशहरस्थित होटलहरूमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सञ्चालन गरेको सर्च अपरेशनका क्रममा पाँच जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले वताउनुभयो । उहाँका अनुसार युवती र होटल सञ्चालक महिलाहरूले खाजा खान आउने ग्राहकहरूसँग वार्गेनिङ गरी अनैनिक क्रियाकलाप गर्ने गरेको खुल्न आएको छ ।
उहाँले भन्नुभयो, ‘पक्राउ परेका युवतीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।’
पक्राउ परेका होटल सञ्चालक र युवतीहरूको जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप लिई अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८० असार ५, मंगलवार ०५:१९ गते
हजुरको प्रतिक्रिया