रास्वपाद्वारा सुन्दरबजार नगरपालिका– ५ को वडा समिति गठन

रास्वपाद्वारा  सुन्दरबजार नगरपालिका– ५ को वडा समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ५ गते मङ्गलबार ०२:३१

स्वतन्त्र पार्टीका कार्यकर्ताहरू सरल, अध्ययनशील हुनुपर्ने, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमका बारेमा जानकारी लिने र आफै अनुशासित हुने अभ्यासनमा लाग्न जिल्ला संयोजक केसीले निर्देशन दिनु भयो ।

संवैधानिक समाजवाद पार्टीको सिद्धान्त, सुशासन र भ्रष्टाचार विरुद्ध नीति, विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर जुटाउने र अबका दिनमा विदेशमा काम गर्न जाने नभई विदेशीहरूलाई नेपालका काम गर्न आउने स्थितिको निर्माण गर्ने पार्टी कार्यक्रम रहेको दावी

सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीको सुन्दरबजार नगरपालिका– ५ को वडा समिति गठन गरिएको छ । सो दलका जिल्ला संयोजक धर्म केसीको उपस्थितिमा सो वडाका सदस्यहरूको भेलाले असार ५ गते वडा समिति गठन गरिएको हो ।
सो अवसरमा जिल्ला संयोजक धर्म केसीले पार्टीको सिद्धान्त, नीति र कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले संवैधानिक समाजवाद पार्टीको सिद्धान्त, सुशासन र भ्रष्टाचार विरुद्ध नीति, विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर जुटाउने र अबका दिनमा हामी विदेशमा काम गर्न जाने नभई विदेशीहरूलाई नेपालका काम गर्न आउने स्थितिको निर्माण गर्ने पार्टी कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।
उहाँले स्वतन्त्र पार्टीका कार्यकर्ताहरू सरल, अध्ययनशील हुनुपर्ने, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमका बारेमा जानकारी लिने र आफै अनुशासित हुने अभ्यासनमा लाग्न निर्देशन दिनुभयो ।
सो दलको नवगठित वडा सभापतिमा सुरेन्द्र केसी चयन हुनुभएको छ भने उपसभापतिमा बिलुमाया लामा चयन हुनु भएको छ । समितिको सदस्यहरूमा शारदा तामाङ, नवीन गुरुङ, विष्णु लामा, ताराधिकारी र दिलबहादुर गुरुङ चयन हुनुभएको सोही पार्टीका नगर सभापति श्याम केसीले बताउनु भएको छ । सो कार्यक्रमको सञ्चालन उहाँले नै गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० असार ५, मंगलवार १४:३१ गते
हजुरको प्रतिक्रिया