राष्ट्रिय स्वतन्त्र पार्टीले लमजुङमा विद्युत सेवाको समस्याका बारेमा लमजुङ विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टीले लमजुङमा विद्युत सेवाको समस्याका बारेमा लमजुङ विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझायो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ६ गते बुधबार ०९:३६

रास्वपाले असार ६ गते दिउँसो प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत उर्जा मन्त्री र विद्युत प्राधिकरणको केन्द्रलाई समेत ज्ञापन पत्र बुझाउने भएको रास्वपाका जिल्ला सहसंयोजक अकोश सापकोटाले जानकारी दिनु भएको छ ।

समस्या समाधानका लागि अल्प र दीर्घकालीन योजना बनाउने र क्षणक्षणमा बत्ती जाने समस्या तत्कालै समाधान हुनुपर्नेमा जोड

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीले लमजुङमा विद्युत सेवाको समस्याका बारेमा लमजुङ विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गरेको छ । सो पार्टीले एक ज्ञापन पत्र समेत केन्द्रका प्रमुख मेघनाथ भट्टराईलाई बुझाउँदै ध्यानाकर्षण असार ५ गते गरेको हो ।
रास्वापाका जिल्ला संयोजक धर्म केसीको नेतृत्वमा सो पार्टीका कार्यकर्ताहरू समभागी टोली रानीकुवा स्थित वितरण केन्द्रको कार्यालयमा पुगेर विद्युत अनियमितका बारेमा जानकारी लिने, समस्या समाधानका लागि अल्प र दीर्धकालीन कार्य गर्नका लागि माग सहित दबाब दिने र अब निरन्तर निगरानी गर्ने आफूहरूले कार्यालय प्रमुख भट्टराईलाई भनेको रास्वापाका जिल्ला संयोजक केसीले बताउनु भयो ।
उहाँका अनुसार पार्टीको तर्फबाट ज्ञापन पत्र समेत पेश गरिएको छ । क्षण क्षणमा बत्ती जाने समस्याका तत्कालनै निकारकणका लागि जोड दिइएको उहाँले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘हामी आज यसबारेमा उर्जा मन्त्री र विद्युत प्राधिकरणको केन्द्रलाई समेत ज्ञापन पत्र प्रजिअमार्फत बुझाएर, उर्जा मन्त्री र विद्युत प्राधिकरणका प्रमुखलाई समेत निकट भविष्यमा भेट गरी ‘लमजुङको विद्युत लमजुङलाई पहिलो सेवा’ हुने गरी समस्या समाधानका लागि माग गर्ने र कार्यान्वयनका लागि आवश्यक दबाब दिने योजनामा छौं ।’
ज्ञापन पत्रमा बिना सूचना विद्युत काटिनु ठगी हो, प्राधिकरणले ठगी गर्न पाउँछ ? क्षणक्षणमा विद्युत जाने समस्या उपभोक्ताको हित विपरित भएको हुँदा सो समस्याको वास्तविकता पहिचान गरी समाधानका लागि तत्काल पहल गर्न माग गरिएको छ । यस विषयमा सार्वजनिक सुनुवाई गर्न सके भनिएको रास्वपाले जनाएको छ ।
सो कार्यालयका प्रमुख भट्टराईसँग कुराकानीका क्रममा मध्यम मर्स्याङ्दीको क्वाटरमा २४सैं घण्टा विद्युत बल्ने तर जिल्लाबासीको घरमा भने क्षणक्षणमा जाने आउने भएर मार खेप्नु पर्ने के हो ? अब जिल्लाबासीको विद्युली जिल्लामा वितरण पछि मात्र बाहिर लग्ने परी प्रवन्ध गर्नु पर्नेमा जोड दिइएको थियो । क्षणक्षणमा जाने आउने यस्तो समस्या समाधान हुन्छ भनेर एनएलाई बुझाएको तर झनै समस्या थपिन गएर एनएलाई बुझाएकोमा जिल्लाबासीले पछुताउनु पर्ने स्थितिको तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिइएको थियो ।
त्यस्तै, साँझ विहानको समयमा फिल्डमा खटिदा सेवाग्राहीसँग एक हजार रुपैयाँ लिने गरेकोमा आपत्ती व्यक्त गर्दै नोलाइटका कर्मचारी २४सैं घण्टा खट्नु पर्छ अतिरिक्त शुल्क लिन पाइदैन, फेरि यस्तो सुन्नमा आयो भने ठीक नहुने चेतावनी समेत दिइएको थियो ।
यसैगरी, तीन महिनाको विलिङ एकै पटक गर्ने तर सहुलियत भने एक महिनाको मात्र दिने गरिएको हुँदा बाँकी दुई महिनाको सेवाग्राहीले पाउने सेवा शुल्क तत्कालै फिर्ता गर्नुपर्नेमा रास्वपाकातर्फबाट जोड दिइएको थियो ।
सो अवसरमा विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले आफ्नो कार्यालयको बचाउ गर्ने प्रयत्न गर्नु भएको थियो । उहाँले आफूसमेत सेवाग्राही भएको हवाला दिने प्रयास गर्दा भने प्रतिनिधि मण्डलको केही सदस्यहरू आक्रोशित भएका थिए । भट्टराईले साँझ विहानको समयमा कर्मचारीले लिने अतिरिक्त शुल्क नलिने प्रवन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले दुई महिनाको सेवा शुल्क आफ्नो पालको समस्या नभएको तर फिर्ता गर्नका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थिया ।
सो अवसरमा विद्युत प्राधिकरणमा जाने रास्वपाको टोलीमा जिल्ला सहसंयोजक अशोक सापकोटा, बेसीशहर नगरका सभापति कृष्ण राउत, सुन्दरबजार नगरका सभापति श्याम केसी, बेसीशहर नगरका उपसभापति हरिकृष्ण बुढाथोकी, सोही नगरपालिका वडानं– ८ का संयोजक धुर्व ढकाल लगायत वडानं– २, ६, ८, ९ का वडा सभापति तथा पदाधिकारीहरू, सदस्यहरूका साथै शुभचिन्तकहरू समेत सहभागी हुनु भएको जानकारीमा आएको छ ।
यसैबीच, रास्वपाले असार ६ गते दिउँसो प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत उर्जा मन्त्री र विद्युत प्राधिकरणको केन्द्रलाई समेत ज्ञापन पत्र बुझाउने भएको रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० असार ६, बुधबार ०९:३६ गते
हजुरको प्रतिक्रिया