संवैधानिक इजलासबाट रास्वपाका सभापति रवि विरुद्धको सांसद पद खारेजी मागको रिट निवेदन खारेज

संवैधानिक इजलासबाट रास्वपाका सभापति रवि विरुद्धको सांसद पद खारेजी मागको रिट निवेदन खारेज

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १३ गते बुधबार ०५:५३

रित्त भएको चितवन– २ को सो पदमा गत वैशाख १० गते उपनिर्वाचन हुँदा रविले पहिलो पटक भन्दा झनै बढी मत ल्याई विजयी हुनु भएको हो ।

उक्त रिटमाथि यसअघि पनि एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेका विरुद्धमा गत वैशाख १० गते भएको उपचुनावबाट चितवन– २ बाट निर्वाचित सांसद पद खारेजीको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज माग गर्दै परेको दोस्रो पटकको रिट असार १३ गते खारेज गरेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।
रास्वपाका सभापति रविका विरुद्धमा पहिलो पटक मुद्दा हाल्नु भएका युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर फेरि रिट निवेदन दर्ता गराउनु भएको थियो । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिटमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो । पौडेलले दोस्रोपटक निर्वाचित लामिछानेले माघ १५ गते पुनः नेपाली नागरिकता लिँदा पूरा गर्नुपर्ने कानुनी कार्यविधि पूरा नगरेको र त्यसका आधारमा भएको मनोनयन खारेज गर्न दोस्रोपटक दायर गरिएको रिट सर्वोच्चले खारेज गरेको हो ।
पौडेलले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेश नगरी नेपाली नागरिकता लिएको दाबी गर्नु भएको थियो । तर संवैधानिक इजलासले रिट निवेदन नै खारेज गरिदिएको छ ।
उक्त रिटमाथि यसअघि पनि एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
युवराज असफलले यसअघि अर्थात पहिलो पटक दिएको रिटका आधारमा सर्वोच्चको संवैधानिक इजलासबाटै रविको सांसद पद खारेज गरिदिएको थियो ।
त्यसबेला सर्वोच्चका का.मु. प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज हुने ठहर गरेको थियो ।
त्यो बेलामा नेपाली नागरिकता पुनःप्राप्तिका लागि लामिछाने कार्यविधि पुरा नगरेको भन्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो ।
रित्त भएको चितवन– २ को सो पदमा गत वैशाख १० गते उपनिर्वाचन हुँदा रविले पहिलो पटक भन्दा झनै बढी मत ल्याई विजयी हुनु भएको हो ।

प्रकाशित मिति २०८० असार १३, बुधबार १७:५३ गते
हजुरको प्रतिक्रिया