शिवशिखर सहकारीका निवर्तमान अध्यक्ष शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर गर्दै पक्राउ

शिवशिखर सहकारीका निवर्तमान अध्यक्ष शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर गर्दै पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १३ गते बुधबार ०६:५१

सिआइबीले शर्माले उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारी साधन खरिद गरेको, सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पु¥याएको पाइएको जनाएको छ ।

असार ११ गते नेपालगञ्जबाट पक्राउ परेका उनलाई आज १४ गते सिआइबीले सार्वजनिक गरेको हो ।

भक्तपुर– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सहकारी हिनामिनाको अभियोग लागेर फरार भएका यहाँको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । मोरङको तुलसी बहुमुखी सहकारी संस्था लि.का अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक समेत रहेको उनले साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा प्रहरीले असार ११ गते पक्राउ गरेको हो ।
असार ११ गते नेपालगञ्जबाट पक्राउ परेका उनलाई आज १४ गते सिआइबीले सार्वजनिक गरेको हो ।
पछिल्ला समयमा विभिन्न सहकारीका सञ्चालकहरू हिनामिना गरी भाग्ने तथा सेयर सदस्यको बचत तथा सेयर रकम फिर्ता नगर्ने गरका प्रशस्त उदाहरण फेला पर्ने गरेका छन् ।
सिआइबीका अनुसार उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ ।
उता, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले एक अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको प्रवक्ता संजय सिंह थापाले उल्लेख गर्नु भएको छ ।
सिआइबीले शर्माले उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारी साधन खरिद गरेको, सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पु¥याएको पाइएको जनाएको छ ।
प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरूको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरूमा ऋण लगानी गराई उक्त रकमको साँवा व्याज समेत सहकारी संस्थामा फिर्ता नगरेको आरोप उनीमाथि छ । उनका उपर एक अर्ब पैतालिस करोड पचहतर लाख पैतालीस हजार नौ सय एकानब्बे रुपैयाँ रकम हिनामिना गरेको आरोप छ र त्यसबारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० असार १३, बुधबार १८:५१ गते
हजुरको प्रतिक्रिया