तीन दिने निःशुल्क आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम समापन

तीन दिने निःशुल्क आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १५ गते शुक्रबार ०९:४६

पत्रकार सबै प्रकारका बन्धनबाट मुक्त भएर निष्पक्ष, तथ्य परक, सन्तुलित हुनुपर्नेमा जोड

प्रजिअ अधिकारीद्वारा सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण

सुन्दरबजार(लमजुङ)– लक्ष्मीनारायण मिडिया हाउसको आयोजनामा सञ्चालन गरिएको तीन दिने निःशुल्क आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम समापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रमुख आतिथ्यतामा सो तालिम असार १४ गते समापन गरिएको हो ।
सहभागीलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसा पत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पत्रकारिता अत्यन्तै महत्वपूर्ण, संवेदशनील र जिम्मेवार पेशा हो भन्नुभयो । उहाँले पत्रकारले समाचार लेख्दा एविसीको विशेष ख्याल राख्नु पर्छ भन्नुभयो । उहाँले पत्रकारहरू सबै प्रकारका बन्धनबाट मुक्त भएर निष्पक्ष, तथ्य परक, सन्तुलित हुनुपर्नेमा जोड दिनु भयो । उहाँले पत्रकार निष्पक्ष हुन राजनीतिक बन्धनबाट मुक्त हुनुपर्ने धारणा आएको थियो, राजनीतिमा मात्र हैन अन्य घट्नामा पनि पक्ष विपक्ष हुन्छ ती कसै प्रतिपनि पत्रकार बायस हुनुहुँदैन भन्नेमा उहाँको जोड थियो । उहाँले पत्रकारले जहिले पनि सचेत हुनुपर्छ र आफ्नै पेशागत धर्म तथा संयमताको ख्याल गर्नु पर्छ उहाँले भन्नुभयो ।
सो प्रतिक्षणका प्रमुख प्रशिक्षक एवम् नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले पत्रकारिता आफैमा बृहत्तर विषय हो । विश्वविद्यालयमा समेत पढाई हुने यो विषय तीन दिनमा खासै केही हुँदैन तर पनि जे जति प्रयास सिक्नका लागि भयो, तपाईको पेशगात भविष्य सुरक्षित र सुनिश्चित छ भन्नुभयो । उहाँले पत्रकारप्रति सर्वसाधारणको अपेक्षालाई कमजोर हुन दिनु हुँदैन त्यो हाम्रो दायित्व हो र त्यसबाट विमुख हुन हुँदैन भन्नुभयो । उहाँले आफू प्रेस युनियनको तालिम संयोजक समेत भएको र २०८० लाई तालिम वर्ष घोषणा गरेको हुँदा फेरि पनि तालिमका लागि लमजुङ आउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यसैगरी, पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीले सम्पन्न तालिम विगतका भन्दा फलदायी र परिणाम मुखी हुने विश्वास लिएको बताउनु भयो । पत्रकारहरू राजनीतिको संकीर्ण घेराभन्दा माथि उठ्न सक्नुपर्र्छ, तपाईमा क्षमता भयो भने यस पेशमा अवसर छ जसले तपाईलाई नाम र पैसा सबै दिन्छ उहाँले भन्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले तत्कालै पनि केही सञ्चारमाध्यमले तलब सहितको आवद्धता गर्न सक्ने स्थिति छ यसतर्फ सबै प्रशिक्षार्थीहरूले ध्यान दिन आवश्यक छ भन्नु भयो ।

समापन कार्यक्रमको सञ्चालन गर्दे प्रशिक्षक समेत रहनु भएको आयोजक संस्थाका सञ्चालक, तालिम संयोजक एवम् पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेलले सो तालिममा १३ जना महिला समेत २३ जनाले भाग लिएको बताउनु भयो ।
सो अवसरमा तालिमका सहभागी विराट न्यौपानेले तालिम राम्रो र उपलब्धीपूर्ण हुँदाहुँदै पनि समय व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने सुझाव राख्नु भयो । तीन दिनको यो बसाईले पत्रकारितामा कलम चलाउन सक्छु भन्ने आत्म विश्वास जागृत भएको बताउनु भयो ।
त्यस्तै अर्का सहभागी सुभित्रा बगालेले तालिममा धेरै कुरा सिक्ने मौका मिल्यो । म भोलिका दिनमा यही पेशालाई निरन्तरता दिन्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति २०८० असार १५, शुक्रबार २१:४६ गते
हजुरको प्रतिक्रिया