लमजुङ– लमजुङ सुन्दरबजार नगरपालिकामा भ्रष्टाचार निवारण अभियान संचालन गर्नका लागि समिति गठन भएको छ । यसअघि गठित संयोजन समितिले आजबाट पुर्णता पाएको छ । सुन्दरबजार नगरपालिका भित्र हुँदै आएको वडादेखि नगरपालिकासम्मको नीतिगत सहित अन्य कुनै पनि खालका भ्रष्टाचारजन्य क्रियाकलाप रोक्नको लागि यस समिति निरन्तर लाग्ने असार १३ गते बताइएको हो ।
यसअघि जेठ ६ गते सुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा गठित समितिलाई आज १५ सदस्यीय बनाई पूर्णता दिइएको छ । समितिको अध्यक्षमा रामचन्द्र अधिकारी, उपाध्यक्षमा सुरेन्द्रलाल श्रेष्ठ र भरतराज सेढाई, सचिवमा ज्ञानेन्द्र शर्मा, सहसचिवमा बिष्णु खड्का, कोषाध्यक्षमा पार्वती खनिया चयन हुनुभएको छ । सो समितिको सदस्यमा पार्वती वाग्ले, सन्तोषी गौली, प्रधुम्न सापकोटा, नारायण थापा, नारायण शाही, बिजय सेढाई, रामहरि भट्टराई, निजेन्द्र श्रेष्ठ र दिपेन्द्र कार्की रहनु भएको नवनिर्वाचित सचिव ज्ञानेन्द्र शर्माले बताउनु भयो । उहाँका अनुसार भ्रष्टाचार विरोधी जनमत तयार गर्ने अभियान सञ्चालन गरेको छ । उहाँले भन्नुभयो, ‘यो समिति लामो समयदेखिको छलफलबाट गठन भएको हुँदा हामी खास गरी नगरपालिकाबाट सञ्चालन गरिएका योजना, मध्यपहाडी लोकमार्ग तगायत नीतिगत भ्रष्टाचार तथा योजनामा हुँदै आएको आर्थिक चलखेल, गाडीको दुरुपयोग लगायतका अनियमिता रोक्ने प्रयत्न गरिने छ ।’
सुरेन्द्रलालले आफ्नो स्वास्थ्यका कारणले अध्यक्षको जिम्मेवारी नलिएको हो । तर पनि हामी खबरदारी गर्न प्रयन्त शील छौं र गर्नेछौ भन्नुभयो । यसैगरी, नवगठित सहसचिव बिष्णु खड्काले सुरुका दिनमा सुन्दरबजार नगरपालिका र विस्तार जिल्ला र देशभर यो अभियानलाई तिब्रता तिने सोच रहेको बताउनु भयो ।
उहाँका अनुसार समितिलाई पूर्णता दिएसँगै कार्यविभाजन गरी समितिले कायै विभाजन समेत गरिएको छ । जसले सुशासनयुक्त नगरपालिका र भ्रष्टाचार विरुद्धको जनशक्ति तयार पार्ने अभियान चलाईने छ ।
समितिले मध्यपहाडी लोकमार्ग निर्माणमा अनियमितता भएको ठहर गर्दै सडक डिभिजन कार्यलय पालुङ्टारमा जाने निर्णय समेत गरेको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८० असार १६, शनिबार ०७:११ गते