काठमाडौं– आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले असार १६ गते जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
साथै कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०८० असार १७, आईतवार ०५:५९ गते