पोखरा । चिल्ड्रेन नेपालको आयोजना, लुम्बिनी बिकास बैंक पोखराको सहयोग र सहारा बाल आधारभुत बिद्यालयको ब्यबस्थापनमा बालिकाहरुको निम्ति स्यानिटरी प्याकेज बितरण गरिएको छ।
कार्यक्रममा बालिकाहरूका निम्ति महिनावारि के? किन? यसको सरसफाइ कसरी ? र होम मेड स्यानिटरि प्याकेजको फाइदा र ब्यबस्थापनका बारेमा संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले अनुशिक्षण गर्नु भएको थियो । सहारा बाल आधारभुत बिधालयमा पठनपाठन गरिरहेका २७ जना बालिकाहरुलाइ स्यानिटरी प्याकेज समेत बितरण गरिएको थियो । कार्यक्रममा लुम्बिनी बिकास बैंक पोखरा महानगरपालिका भित्र रहेका ६ वटा शाखा का प्रमुख एबम प्रतिनिधि रहेका थिए । महेन्द्रपुल शाखाका गोपिराज अधिकारी,छोरेपाटन शाखाका प्रकाश चन्द्र पहारी,रामबजार शाखाका बाल कृष्ण वन,न्युरोड शाखाका बल बहादुर ढकाल,फुलबारी शाखाका बिक्रम गिरि र लामाचौर शाखाका नवीन ताज्याको उपस्तिथि रहेको थियो । उपस्थित सम्पुर्णलाई स्वागत बिद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत गर्नु भएको थियो उहाँले चिल्ड्रेन नेपालको काम प्रती मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समितिमा शिक्षक प्रतिनिधि राजु कार्किले खादा लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण शाखाको प्रतिनिधित्व गर्दै महेन्द्रपुल शाखा प्रमुख गोपिराज अधिकारीले बैंकले सामाजिक उत्तरदायित्व,परोपकारी कार्य र सकारात्मक सामाजिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै सेवा भाबले यो काम निरन्तर गर्दै आएको कुरा व्यक्त गर्नु भएको थियो । चिल्ड्रेन नेपालसंगको सहकार्य र समन्वयले यो काम गर्न सहज भएको कुरा बताउदै संस्थालाई संस्थाले गरेको काम प्रती प्रसंशा व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा सदस्य नन्दराम गिरीले बिपन्न समुदायका ब्यक्तिहरुको बसोबास रहेको यस बिद्यालयमा आएर चिल्ड्रेन नेपाल र लुम्बिनी बिकास बैंकले गरेका सहयोगको लागी धन्यबाद दिनु भएको थियो । यस्ता कामको वडा कार्यालय सधैं साथ र समन्वय गर्ने कुरा पनि ब्यक्त गर्नु भएको थियो । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । उहाँले संस्थाले बालिकाहरुको स्वस्थ्यमा सहयोग पुग्ने गरी यो अभियान थालेको कुरा बताउनु भएको थियो । चिल्ड्रेन नेपालले आफैं उत्पादन गरेर बितरण गर्दै आएको स्यानीटरी प्याकेजले बाताबरणलाई पनि सहयोग पुग्ने गरी निरन्तरता दिदै आएको कुरामा जोड दिनु भएको थियो । चिल्ड्रेन नेपालको यस अभियानमा जोडिनु भएकोमा लुम्बिनी बिकास बैंकलाई धन्यबाद दिनु भएको थियो। कार्यक्रमको संचालन चिल्ड्रेन नेपालका सह संयोजक रमेश सुबेदी गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० असार १७, आईतवार १६:५० गते