सयपत्री आवसीय मा.वि.मा गुरुपुर्णिमा विशेष कार्यक्रम !

सयपत्री आवसीय मा.वि.मा गुरुपुर्णिमा विशेष कार्यक्रम !

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १९ गते मङ्गलबार ०९:२५

उक्त कार्यक्रममा विद्यालयको सामाजिक परिचालन समितिका संयोजक विमल अधिकारी तथा विधान संशोधन समितिका संयोजक वीरबहादुर तथा वरिष्ठ पत्रकार नवराज पहाडीको विशेष उपस्थिति रहेको थियो ।

शिक्षकलाई टीका, माला, कलम र महिला शिक्षकका लागि (काटा) समेत उपहार स्वरुप प्रदान

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६ मा स्थित सयपत्री आवसीय माध्यमिक विद्यालयमा गुरु पुर्णिमाका अवसरमा विशेष कार्यक्रमका साथ मनाइएको छ । गुरु पूर्णिमाको दिन असार १८ गते सो कार्यक्रम गरिएको हो ।
आज उक्त विद्यालय परिसर भित्र नै विद्यार्थीहरूले स्वस्फूर्त रुपमा शिक्षकहरूलाई सम्मान गर्दै खेल खेलाउने र आफूहरूले नाचगान गरी मनोरञ्जन दिदै मनाएका हुन् । विद्यार्थीले शिक्षकहरूलाई टीका, मालाका साथमा उपहार(कलम र महिला शिक्षकलाई काटा) समेत प्रदान गर्दै सम्मान गरेका हुन् ।
सनातन संस्कृति परम्परा अनुसार असार महिनाको शुक्ल पक्षको पूर्णिमाको दिन गुरु पूर्णिमा मनाउने गरिन्छ । आफूलाई शिक्षा दिने गुरुहरूप्रति श्रद्धा प्रकट गर्दै यो पर्व मनाउने प्रचलन छ । ‘गुरु’ संस्कृत शब्द हो । यसको शब्दको गुको अर्थ अन्धकार हुन्छ भने रु को अर्थ अज्ञानरुपि अन्धकारबाट ज्ञान रुपि प्रकाश तथा सतमार्गतर्फ लाग्न उप्रेरित गर्दै ज्ञान दिई मार्ग दर्शन गर्ने हुँदो गुरुपूर्णिमाको विशेष महत्त्व रहेको छ ।
सो अवसरमा गुरु महिमाका बारेमा कक्षा– ६ की अच्युत लक्ष्मी झाले अंग्रेजीमा र अनुषा अधिकारी कक्षा– ७ ले नेपालीमा प्रकाश पार्ने काम गरेका थिए ।
यसैगरी, वर्षा घिमिरे कक्षा– ३ र सदीक्षा जोशी कक्षा– ८ ले नृत्य प्रदर्शन गरेका थिए भने आफू खुशी पनि विद्यार्थीले नाचगान गरेका थिए ।
सो अवसरमा शिक्षकहरूका लागि खेलाइएको खेलमा कुर्चि चालमा बसन्ती गुरुङ र बोतलमा पानी भर्ने खेलतर्फ बालकुमारी जोशी पहिलो हुन सफल हुनुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयको सामाजिक परिचालन समितिका संयोजक विमल अधिकारी तथा विधान संशोधन समितिका संयोजक वीरबहादुर तथा वरिष्ठ पत्रकार नवराज पहाडीको विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८० असार १९, मंगलवार ०९:२५ गते
हजुरको प्रतिक्रिया