खुदी(लमजुङ)– हिमचुली आ.मा.वि. खुदीमा जुनियर रेडक्रस सर्कलको ११ सदस्यीय समिति गठन भएको छ । विद्यालयका प्रिन्सिपल रामचन्द्र भण्डारीको अध्यक्षता तथा रेडक्रस सोसाइटीको जिल्ला शाखाका अधिकृत श्रीकान्त घिमिरेको उपस्थितिमा भएको विद्यार्थी भेलाले सो समिति असार ११गते गठन गरेको हो ।
मर्स्याङदी गाउँपालिका– ३ को यहाँ स्थित सोही आमाविको हातामा भएको भेलामा घिमिरेले रेडक्रसको स्थापनाकालीन इतिहास, उद्देश्य, सिद्धान्त एवं यसले गर्ने कार्यका बारेमा प्रशिक्षण दिनु भएको थियो । उहाँले जिल्लामा रेडक्रसका गतिविधिका बारेमा जानकारी दिनु हुँदै जुनियर रेडक्रस सर्कल गठन भएपछि यसले गर्नु पर्ने काम, तथा पदाधिकारीको जिम्मेवारी र कर्तव्यका बारेमा जानकारी दिनु भएको थियो । शिक्षक नायक दिपक थापा र लक्ष्मी शर्माद्वारा पदभारको सपथ ग्रहण गराउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चाल विद्यालयका सह प्रिन्सिपल अर्जुन भण्डारीले गर्नुभएको थियो ।
नवगठित समितिकमा अध्यक्ष कृष्मा घले, उपाध्यक्ष दिपेस थापा, सचिव आयुष्मा तामाङ, कोषाध्यक्ष सुप्रिया सुनार चयन भएका छन् । यसैगरी, उक्त समितिको सदस्यहरूमा मन्सु घले, ईच्छा तामाङ, अनुष्का लामा, प्रज्वल पान्डे, रिजन भण्डारी, खुमसङ तामाङ चयन भएको सो आमाविका प्रिन्सिपल रामचन्द्र भण्डारीले बताउनु भएको छ ।
प्रकाशित मिति २०८० असार २०, बुधबार ०९:०२ गते