सुन्दरबजार– स्थानीय नमूना सामुदायिक अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सुन्दरबजार नगरपालिकाका चार वडालाई विपद प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख अतथ्यितामा ती सामग्री असार २० गते हस्तान्तरण गरिएको हो ।
ती सामग्री सुन्दरबजार नगरपालिकाका चार वडाहरू २, ५, ६ र ७ लाई विपद प्रतिकार्य सामग्रीहरू हस्तान्तरण गरिएको हो । ज्ऋम्क् को सहयोगमा नमूना समुदाय पूर्व तयारी परियोजना अन्तर्गत ती सामग्री हस्तान्तरण गरिएको ज्ऋम्क् नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार ती सामग्रीहरूमा विभिन्न प्रकारका १४ थान रहेका छन् । मेयर कोइरालाले सम्बन्धित वडाका अध्यक्षहरूलाई ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।
त्यसको साथमा सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी, मिलनचोक, क्याम्पस चोकमा स्थानीय क्लबसंगको सहकर्यमा फोहोर संकलनको लागि ३ सेट (रातो, पहेलो, हरियो) स्टैण्ड सहितको डस्टबिन राखिएको समेत श्रेष्ठले बताउनु भएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चारवटै वडाका अध्यक्षहरू क्रमशः नवीन श्रेष्ठ, श्रीकाजी गुरुङ, दिनेश कोइराला र जयराम रेग्मीको सहभागिता रहेको थियो ।
सो अवसरमा परियोजना संयोजक साहारा मिश्रले उक्त परियोजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति २०८० असार २१, बिहीबार ०८:०१ गते