आयो एसइई नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६० देखि ४.०० जिपिए

आयो एसइई नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६० देखि ४.०० जिपिए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २१ गते बिहिबार ०५:१०

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ । त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट धधध।कभभ।नयख।लउ मा हेर्न सकिन्छ ।

नतिजा सुधारका ३ कारण : परीक्षा बोर्ड

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएको असार २१ गते नतिजा सार्वजनिक भएको हो ।
चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २९३ रहेको छ । यो कुल विद्यार्थी संख्यको २१.०९ प्रतिशत हो ।
२०७९ साल चैत १९ देखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।
यसैगरी, ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ । घोषित नतिजा अनुसार २.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको बताइएको छ । २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार २.०० देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको छ ।
घोषित नतिजा अनुसार १३ हजार ९९२ जनाले कुनै पनि जीपीए पाएका छैनन् ।
गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो ।
गत वर्ष ३.६०देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेको छ ।
नतिजा सुधारका ३ कारण : परीक्षा बोर्ड
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताउनु भयो । उहाँका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । शर्माले भन्नुभयो, ‘गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको छ ।’ ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यस वर्ष माथिल्लो रेन्जको जीपीए ल्याउनेको संख्या गत वर्ष भन्दा बढी छ ।’
अध्यक्ष शर्माले कोभिड– १९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताउनु भयो । उहाँका अनुसार विगतका वर्षहरूमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको छ । उहाँले भन्नुभयो, ‘बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागु गरेको हुँदा नतिजा सुधार आएको हो ।’
नतिजा हेर्ने तरिका :
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भन्नेमा छन् । त्यो स्वभाविक पनि हो तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
नतिजा हेर्ने अन्य तरिका :

नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति २०८० असार २१, बिहीबार १७:१० गते
हजुरको प्रतिक्रिया