बेसीशहर– एसइई परीक्षा– २०७९ को घोषित नतिजा अनुसार लमजुङमा ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गर्ने संख्या ७५ रहेको छ । एसईई परीक्षा बोर्डले नतिजा असार २१ गते ४ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
लमजुङमा चार जना परीक्षार्थीले सवैभन्दा बढी समान अंक ३.९५ जीपीए ल्याएका छन् । जिल्लामा सर्वाधिक र समान अंक ल्याउने संख्या चार रहेको छ । सामुदायिकतर्फ ३ विद्यालयका परीक्षार्थी र निजी तर्फ एउटा विद्यालयका परीक्षार्थीले ३.९५ जीपीए ल्याएका हुन् । ३.९५ जीपीए ल्याउनेमा एक जना छात्रा छन् भने ३ जना छात्र छन् ।
सामुदायिक तर्फका ३.९५ जीपीए ल्याउने ३ जना नै छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सो कार्यालयका अनुसार त्यस्तो नतिजाको साथ उतीर्ण हुने सामुदायिक विद्यालयतर्फ अध्ययन गर्ने छात्रहरूमा मध्यनेपाल नगरपालिका– ४, रम्घास्थित भैरवकाली माविका सुशान्त अधिकारी, बेसीशहर नगरपालिका– २, भकुण्डेस्थित बालकल्याण माविका किस्मत अधिकारी र सुन्दरबजार नगरपालिका– ६, बरेटारस्थित आदर्शबाल माविका सन्देश पाण्डे रहेका छन् ।
निजी विद्यालयतर्फ लमजुङबाट ३.९५ जीपीए ल्याउने छात्रा परीक्षार्थीमा सुन्दरबजार नगरपालिका ९, फूलबारी स्थित ग्लोबल भिजन आमाविका आशिका थापा हुन् ।
लमजुङमा यो वर्ष जिल्लाबाट परीक्षा दिएका परीक्षार्थी मध्ये ३.६ देखि ४.० जिपिए प्राप्त गर्ने संख्या ७५ छ । यस बर्ष लमजुङ जिल्लामा एक सय ४ विद्यालयबाट २ हजार ८ सय ११ विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समवन्य इकाईले जनाएको छ । सो कार्यालयका अनुसार ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने २४८ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ४४८ जना रहेका छन् ।
यसैगरी, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ । सो समूहको जिपिए प्राप्त गर्ने ७७४ जना छन् । त्यस्तै, २.० देखि २.४ को वीचमा जिपिए प्राप्त गर्ने संख्या ७२८ छ । त्यस्तै, १.६ देखि २.० जिपिए प्राप्त गर्ने ४२८ जना रहेका छन्् । १.६ जिपिए प्राप्त गर्ने ११५ जना छन् भने सबैभन्दा कम १ जनाले सो भन्दा तलको जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समवन्य इकाई लमजुङले जानकारी दिएको छ ।
यो वर्ष एसइई परीक्षा चैत्र १९ गतेबाट २६ गतेसम्म सञ्चालन भएको थियो ।
नतिजा सार्वजनिक भएपछि अबका केही दिनमा जिल्लाका विद्यालयहरुमा भर्ना कार्यक्रम सुरु हुने भएका छन् । कक्षा ११ मा बिज्ञान एबम व्यवस्थापन सङ्काय पढ्न कम्तिमा ११.६ जिपिए प्राप्त गर्नुपर्ने प्रावधान छ ।
स्मरणीय छ, लमजुङमा चार जना परीक्षार्थीले सवैभन्दा बढी समान अंक ३.९५ जीपीए ल्याएका छन् । जिल्लामा सर्वाधिक र समान अंक ल्याउने संख्या चार रहेको छ । सामुदायिकतर्फ ३ विद्यालयका परीक्षार्थी र निजी तर्फ एउटा विद्यालयका परीक्षार्थीले ३.९५ जीपीए ल्याएका हुन् । ३.९५ जीपीए ल्याउनेमा एक जना छात्रा छन् भने ३ जना छात्र छन् ।
सामुदायिक तर्फका ३.९५ जीपीए ल्याउने ३ जना नै छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सो कार्यालयका अनुसार त्यस्तो नतिजाको साथ उतीर्ण हुने सामुदायिक विद्यालयतर्फ अध्ययन गर्ने छात्रहरूमा मध्यनेपाल नगरपालिका– ४, रम्घास्थित भैरवकाली माविका सुशान्त अधिकारी, बेसीशहर नगरपालिका– २, भकुण्डेस्थित बालकल्याण माविका किस्मत अधिकारी र सुन्दरबजार नगरपालिका– ६, बरेटारस्थित आदर्शबाल माविका सन्देश पाण्डे रहेका छन् ।
निजी विद्यालयतर्फ लमजुङबाट ३.९५ जीपीए ल्याउने छात्रा परीक्षार्थीमा सुन्दरबजार नगरपालिका ९, फूलबारी स्थित ग्लोबल भिजन आमाविका आशिका थापा हुन् ।
प्रकाशित मिति २०८० असार २२, शुक्रबार १७:३२ गते