बेसीशहर– लमजुङ जिल्लामा यस वर्षको एसईई परीक्षा २०७९ मा युनिभर्सल एकेडेमीबाट सबैभन्दा धेरै संख्यामा उत्कृष्ठ अंक ल्याउन सफल भएका छन् । ३ः६ देखि ४ः०० जिपिए अंक जिल्लामा जम्मा ७५ जनाले ल्याएका थिए भने तीमध्ये १३ जना युनिभर्सल एकेडेमीका भएको खुलासा भएको छ ।
यसैगरी, सो माविबाट ३ः२ देखि ३ः६ जिपिए अंक ल्याउने १६ जना छन् । त्यस्तै, २ः८ देखि ३ः२ जिपिए अंक ल्याउने संख्या १८ रहेको छ भने २ः४ देखि २ः८ जिपिए अंक ल्याउने संख्या छ जना रहेको छ ।
यसैगरी, बेसीशहरकै अर्थ्ली प्याराडाई आमाविबाट दिप्सन घिमिरेले ३.९ जीपिए ल्याउन सफल भएका छन् भने सो विद्यालयबाट ५७ जनाले एसईई परीक्षामा भाग लिएका थिए ।
घोषित नतिजा अनुसार सो आमाविबाट ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या १० जना रहेका छन् । त्यस्तै, ३१ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् भने २.८ देखि ३.२ जिपिए ल्याउने संख्या १२ जना रहेको छ । २.४ देखि २.८ जिपिए ल्याउने मात्र ४ जना रहेका छन् ।
भूपूबोर्डिङ बेसीशहरबाट ३ः६ देखि ४ः०० जिपिए अंक ल्याउने आठ जना रहेका छन् । सो विद्यालयबाट ३ः२ देखि ३ः६ जिपिए अंक ल्याउने १६ जना छन् । त्यस्तै, २ः८ देखि ३ः२ जिपिए अंक ल्याउने संख्या १८ रहेको छ भने २ः४ देखि २ः८ जिपिए अंक ल्याउने एक जना छन् ।
न्यु इरा स्कुलबाट ३.६० – ४.०० जिपिए अंक ल्याउने ३ जना, ३.२०– ३.६० जिपिए अंक ल्याउने ६ जना, २.८०– ३.२० जिपिए अंक ल्याउने ६ जना तथा २.४० – २.८० जिपिए अंक ल्याउने एक जना र २.०० – २.४० जिपिए अंक ल्याउने आठ जना छन् ।
यसैगरी, विद्याविकास आमाविबाट ३ः६ देखि ४ः०० जिपिए अंक ल्याउने छ जना रहेका छन् । सो विद्यालयबाट ३ः२ देखि ३ः६ जिपिए अंक ल्याउने १८ जना छन् । त्यस्तै, २ः८ देखि ३ः२ जिपिए अंक ल्याउने संख्या २३ रहेको छ भने २ः४ देखि २ः८ जिपिए अंक ल्याउने १९ जना रहेका छन् ।
उता वीर भक्ति माद्यामिक विद्यालयबाट ३.६०– ४.०० जिपिए अंक ल्याउने पाँच जना, ३.२०– ३.६० जिपिए अंक ल्याउने पाँच जना, २.८०– ३.२० जिपिए अंक ल्याउने २२ जना तथा २.४० – २.८० जिपिए अंक ल्याउने १२ जना र २.०० – २.४० जिपिए अंक ल्याउने १४ जना छन् भने त्यो भन्दा कम जिपिए ल्याउने २ जना रहेको जानकारीमा आएको छ ।
यसैगरी, भक्ति नमूना मावि भोटेओडारबाट ३.६०– ४.०० जिपिए अंक ल्याउने तीन जना, ३.२०– ३.६० जिपिए अंक ल्याउने चार जना, २.८०– ३.२० जिपिए अंक ल्याउने सात जना तथा २.४० – २.८० जिपिए अंक ल्याउने २३ जना र २.०० – २.४० जिपिए अंक ल्याउने २५ जना छन् भने त्यो भन्दा कम १.६ देखि २ जिपिए ल्याउने १७ जना र त्योभन्दा कम अंक ल्याउने संख्या तीन रहेको बताइएको छ ।
उता, शिशुविद्याश्रम माविबाट ३.६० भन्दा माथि ल्याउने दुई जना, ३.२० भन्दा माथि जिपिए अंक ल्याउने नौ जना, २.८० भन्दा माथि जिपिए अंक ल्याउने १० जना तथा २.४० भन्दा माथि जिपिए अंक ल्याउने आठ जना र दुई भन्दा माथि जिपिए अंक ल्याउने तीन जना छन् भने त्यो भन्दा कम अर्थात १.६ भन्दा भन्दा माथि जिपिए ल्याउने आठ जना रहेको जानकारीमा आएको छ ।
यसैगरी, बेसीशहर स्थित ल्याण्डस्टार आमाविबाट ३.६ देखि ४ जिपिए ल्याउने संख्या दुई रहेको छ । ३.२० भन्दा माथि जिपिए अंक ल्याउने छ जना, २.८० भन्दा माथि जिपिए अंक ल्याउने १७ जना तथा २.४० भन्दा माथि जिपिए अंक ल्याउने १० जना रहेको सो विद्यालयलेजनाएको छ ।
प्रकाशित मिति २०८० असार २३, शनिबार २०:०० गते