अन्ततः ‘आदिपुरुष’का लेखकले मागे माफी

अन्ततः ‘आदिपुरुष’का लेखकले मागे माफी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २४ गते आईतबार ०६:३४

उनले भनेका छन्, ‘सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।’

लेखक मनोज मुन्ताशिर शुक्लाले माफी माग्न अस्वीकार गरेका थिए

काठमाडौं– भारतमा निर्माण गरिएको हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले अन्ततः माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गर्दै रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत असार २३ गते माफी मागेका हुन् ।
सुरुमा लेखक मनोज मुन्ताशिर शुक्लाले माफी माग्न अस्वीकार गरेका थिए । तर यतिबेला उनले आफ्नो स्पष्टिकरणमा जनताको भावनालाई स्वीकार गर्ने पनि बताएका छन् । उनले आफू घाइते भएको भन्दै भनेका छन्, ‘सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।’

प्रकाशित मिति २०८० असार २४, आईतवार ०६:३४ गते
हजुरको प्रतिक्रिया