त्रय नेताको सहमति पछि पनि हिजो भाँडिएको संसद बैठक आज बस्ला ?

त्रय नेताको सहमति पछि पनि हिजो भाँडिएको संसद बैठक आज बस्ला ?

एजेन्सी

@antaranganews

२०८० असार २५ गते सोमबार ११:२६

एमाले अध्यक्ष ओलीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २१ असारमा गरेको ट्वीटका बारेमा जानकारी रहेनछ । श्रेष्ठले संसद अवरुद्ध हुँदा मिटरब्याज पीडितहरूको पक्षमा ल्याएको अध्यादेश रोकिएको भन्दै लेखेका थिए, ‘यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने प्रष्ट भएको छ ।’ यो भनाईमा ओलीले आपत्ती जनाउनु भएको छ ।

ओलीले प्रचण्ड सचिवालयको ‘प्रेस नोट’ पढेपछि भाँडियो सहमति

काठमाडौं– प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाउने सहमति भाँडिएपछि सूचना टाँसेर २४ गते स्थगित गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर चार दिनदेखि जारी संसद् अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमाले तयार भएको बताइए पनि अन्ततः बैठक बस्दै नबसी असार २५ गतेका लागि सरेको हो तर आज पनि बैठक चल्ने नचल्ने निश्चित हुन सकेको छैन ।
त्रय नेता (देउवा, ओली, प्रचण्ड) माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारको भेटघाटमा सदनको अवरोध खोल्न मोटामोटी सहमति भएको थियो ।
सदनको अवरोध खोल्न एमाले लचक भएको संकेत दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको आग्रहमा दिउँसो १ बजेका लागि तोकिएको बैठक ३ बजेका लागि सार्नु भयो । तर नेत्र त्रयका बीचको सो सहमति संसद भवन नपुग्दै भाँडिएको थियो ।
एमाले अध्यक्ष ओलीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २१ असारमा गरेको ट्वीटका बारेमा जानकारी रहेनछ । श्रेष्ठले संसद अवरुद्ध हुँदा मिटरब्याज पीडितहरूको पक्षमा ल्याएको अध्यादेश रोकिएको भन्दै लेखेका थिए, ‘यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने प्रष्ट भएको छ ।’
ओलीले सुरुमा त उहाँले बोलेको मात्र होला, लेखेकै छ र ? भन्ने आंकलन थियो । तर त्यो लिखित रुपमा आएको देखे पछि भने आली झस्किनु भयो ।
नयाँबानेश्वर पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको ट्वीटसँगै प्रधानमन्त्रीको निजी सचिवालयको विज्ञप्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । एमालेमाथि गम्भीर आरोप लगाइएको भन्दै उहाँले आत्मालोचना गरेर यसलाई पनि फिर्ता लिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले निजी सचिवालयले निकालेको वक्तव्यबारे अनभिज्ञता व्यक्त गर्नु भयो ।
त्यस क्रममा ओलीले ‘नारायणकाजीको विषयमा कुरा पछि गरौंला । वक्तव्य तपाईंको सचिवालयबाट आएको हो । तपाईंलाई थाहै छैन भने निकाल्नेलाई कारबाही गर्नुस् नभए आरोप पुष्टि गर्नुस्’ भन्दै प्रधानमन्त्रीले वक्तव्यको जिम्मा नलिएपछि ओलीले ‘संसद खोल्ने सहमति छैन है’ भन्दै फोन राख्नुभयो । त्यही फोनले अवरुद्ध सदनको गतिले निरन्तरता पायो ।
यहीबीचमा एमाले एक सांसदले प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गरेर संसदको अवरोध हटाउने बारेमा ‘शीर्ष तहमा भएको सहमति कार्यान्वयनमा केही बुझाइ फरक पर्न गएको’, जानकारी दिए । जवाफमा सभामुख घिमिरेले ‘अवरोधका बीच सदन चलाउने आफ्नो चाहना नरहेको’ बताउनु भयो । यही संवादका आधारमा सभामुखको निर्देशनमा २४ गते दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आज २६ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको सूचना जारी गर्नुभयो ।
असार १८ गते एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको’ भनेकोमा आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री आफ्नो अभिव्यक्ति सच्याउन तयार भएपछि एमाले अध्यक्ष ओली पनि राजीनामाको माग छाड्न सहमत भएको बताइन्छ ।

प्रकाशित मिति २०८० असार २५, सोमबार ११:२६ गते
हजुरको प्रतिक्रिया