काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित भएको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले एक सूचना जारी गर्दै असार २७ गते जानकारी दिनु भएसँगै त्यस्तो खुलासा भएको हो ।
केन्द्रीय समितिको उक्त बैठक अब साउन २ गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । काँग्रेसको पार्टी
विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति वैठक गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म चलेको थियो । अब साउन २ गते ठ्याक्कै एक वर्षपछि वैठक बस्ने बताइएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने तय ः
नेपाल कांग्रेसका पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज जारी गर्नु भएको सूचनामा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० श्रावण २ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि कांग्रेस बैठक स्थगित भएको जिकिर गरिएको छ ।
प्रचण्ड पत्नी ६९ बर्षिया सीता दाहालको आज बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति २०८० असार २७, बुधबार १७:२१ गते