वन डिभिजन कार्यालयको वार्षिक प्रगति समीक्षा गोष्ठीका साथमा सार्वजनिक सुनुवाई : फोटो फिचर

वन डिभिजन कार्यालयको वार्षिक प्रगति समीक्षा गोष्ठीका साथमा सार्वजनिक सुनुवाई : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २९ गते शुक्रबार ०७:३७

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहितका विकासका कार्यालयका प्रमुखहरू, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी सहितका सञ्चारकर्मीहरू, वनसँग सम्बन्धित संघसंस्थाका प्र्रतिनिधिहरू, डिभिजन कार्यालय र सो अन्तरगतका जिल्ला स्थित कार्यालयका कर्मचारीहरूका सहभागिता थियो ।

प्रमुख अतिथि गुरुङद्वारा अन्य कार्यालयबाट पनि यस्ता कार्याक्रम गरिनु पर्नेमा जोड

लमजुङ– वन डिभिजन कार्यालय लमजुङले आव २०७९/८० वार्षिक प्रगति समीक्षा गोष्ठीका साथमा सार्वजनिक सुनुवाई गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम असार २९ गते गरिएको हो ।

सो अवसरमा वन डिभिजन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले सो सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहितका विकासका कार्यालयका प्रमुखहरू, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी सहितका सञ्चारकर्मीहरू, वनसँग सम्बन्धित संघसंस्थाका प्र्रतिनिधिहरू, डिभिजन कार्यालय र सो अन्तरगतका जिल्ला स्थित कार्यालयका कर्मचारीहरूको सहभागिता थियो ।

सो अवसरमा सो कार्यालयका विभिन्न पाँच जना सर्वोत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । प्रस्तुत छ– सो कार्यक्रमको फोटो फिचर ।

प्रकाशित मिति २०८० असार २९, शुक्रबार १९:३७ गते
हजुरको प्रतिक्रिया