काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य घटाएको छ । ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य पनि घटाएको हो । सो मूल्य साउन ३१ गते राति १२ बजेदेखि लागू हुने भएको छ ।
पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको छ । नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । तर यसको स्थायित्वमा भने आशंका उत्पन्न भएको छ ।
राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको मूल्य नियमन गर्ने ए ।
कार्यान्वयनमा आएको स्वचालित मूल्य प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकेको निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले बताउनु भयो । उहाँका अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको छ । त्यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य घटाएको छ । निगमले नाफा नराख्ने नीतिअनुसार हाल नाफा रहेको प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य पनि घटाएको हो ।
स्वचालित मूल्य प्रणाली लागू भएपछि देशभर इन्धनको मूल्य घटेको निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मरासिनीले बताउनु भयो । उहाँका अनुसार परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने र घट्दा घट्ने प्रणालीअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यपछि निगमले मूल्य समायोजन गरेको हो ।
अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रूपैयाँ पर्नेछ । तराईका जिल्लाहरूमा १६१ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रूपैयाँ पर्नेछ । डिजेल र मट्टीतेल उपत्यकामा लिटरको १४६ रूपैयाँ, तराईका जिल्लाहरूमा १४३ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रूपैयाँ पर्ने निगमले जनाएको छ ।
त्यस्तै, एलपी ग्याँस (खाना पकाउने ग्याँस) को प्रतिसिलिण्डर मूल्य एक हजार आठ सय रूपैयाँबाट घटेर एक हजार ७९० रूपैयाँ कायम भएको छ ।
हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने निगमको भनाइ छ ।
हवाई इन्धनअन्तर्गत आन्तरिकतर्फ नेपालमा भारतको तुलनामा २३.८१ रूपैयाँ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिनु भयो । उहाँका अनुसार सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ तथा मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ ।
निगमका साहायक प्रवक्ता पुष्कर कार्कीको रुस– युक्रेन युद्धपछि सो प्रणाली निस्क्रिय भएको दाबी छ ।
यो प्रणाली अवलम्वन गर्दा आम उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलन सुदृढ भई विवादरहित किसिमले पेट्रोलियम पदार्थको कारोबार हुने अपेक्षा गरिएको थियो ।
‘स्वचालित मूल्य प्रणाली कार्यविधि २०७१’ लागू गरेर पहिलो पटक १३ असोज २०७१ मा इन्धनको मूल्य समायोजन भएको थियो । निगमले ‘राजनीतिक दल, सरकार र मन्त्रालयको स्वार्थका आधारमा मूल्य निर्धारण हुने गरेको दावी गरिएको छ ।’
स्मरणीय छ, अन्तर्राष्ट्रिय बजार मूल्यका कारण निगमलाई पर्नसक्ने क्षति रोक्न भन्दै २०७१ सालमा तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले ‘स्वचालित मूल्य प्रणाली’ लागू गर्नु भएको थियो । तर, त्यो स्वचालित मूल्य प्रणाली लागू भएको तीन महिनामै आयल निगम स्वयंले उल्लंघन गरेको थियो । स्वचालित मूल्य प्रणाली लागू भएको तीन महिनाभित्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४७ प्रतिशतले घटेको थियो । इन्डियन आयल कर्पोरेसनले पनि त्यहीअनुसार मूल्य घटाएर पठाएको थियो । यसैले यस पटक पनि यो नीतिको स्थायित्वमा आशंका उब्जिन गएको छ ।
प्रकाशित मिति २०८० श्रावण १, सोमबार ०७:५३ गते